राष्ट्रियसभा अध्यक्ष : शर्मा र दाहालको उम्मेदवारी हुने – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

राष्ट्रियसभा अध्यक्ष : शर्मा र दाहालको उम्मेदवारी हुने

    मा प्रकाशित

काठमाडौँ, २७ फागुन ।

यही फागुन २९ गते हुने राष्ट्रियसभाको अध्यक्षका लागि नेपाली काङ्ग्रेस र सत्ता गठबन्धनका दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । नेपाली काङ्ग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने भएको छ । शर्मा लुम्बिनी प्रदेशबाट २०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यसअघि काङ्ग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी गरेको थियो । तर, गठबन्धनमा आएको परिवर्तनका कारण सिटौला पराजित हुने अवस्थामा पुगेपछि काङ्ग्रेसले शर्मालाई उम्मेदवार बनाउन लागेको हो ।

राष्ट्रियसभा अध्यक्षका लागि सत्ता गठबन्धनले माओवादी केन्द्रका नारायण दाहाललाई अगाडि सारेको छ । आज आइतबार बसेको माओवादी पदाधिकारी बैठकले उनलाई अध्यक्षमा अगाडि सार्ने भएको हो ।

दाहाल नाताले प्रधानमन्त्री प्रचण्डका भाइ हुन् । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले माओवादीले उठाएको उम्मेदवारलाई भोट हाल्नुपर्ने गठबन्धनको निर्णय छ । उनको पक्षको मत भार पनि बलियो छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्