राइजिङ स्टारलाई तेस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधि – Kanika Khabar
Saturday, April 27Nepali News Portal

राइजिङ स्टारलाई तेस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधि

    मा प्रकाशित

लक्ष्मण बस्नेत
तुलसीपुर, २७ फागुन ।
तेश्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता २०८० को उपाधि राइजिङ स्टार फुटबल घारोहीले जितेको छ ।
हिरा डाँगी फाउन्डेसन तुलसीपुरले आयोजनामा सञ्चालित प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा साहारा फुटबल क्लब लखनउलाई ट्राई बेकरमा ६ का विरुद्ध ५ गोलले पराजित गर्दै राईजिङ स्टारले उपाधि जितेको हो ।
उपाधिसँगै उसले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मानजनक हार ब्यहोरेको साहाराले उप बिजेतामा सिमित रहदै नगद १ लाख, कप, मेडल,प्रमाणपत्र प्राप्त गरेको छ।

हिरा डाँगी फाउन्डेसनका अध्यक्ष पोखरसिं डाँगीको अध्यक्षता अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार) को प्रमुख आतिथ्यता एव शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको विशिष्ट आतिथ्यता भएको भएको समापन कार्याक्रममा बोल्दै प्रमुख अतिथि केसीले खेल क्षेत्रको विकासमा राज्यको दृष्टि पुग्न नसकेको बताए ।

 

फाउन्डेसनका संरक्षक मान बहादुर डाँगीको स्वागत रहेको कार्यक्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधातर्फ साहारा फुटबल क्लबका दिपेन सिंह ठकुरी उत्कृष्ट खेलाडी, राईजिङ स्टारका जमिर मिया सार्वाधिक गोलकर्ता, राईजिङ स्टारकै भिम पुन बेस्ट गोल किपर र टरिगाउँ युवा क्लबका निशान राजलवट राईजिङ प्लेयर घोषित भए । उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार नगद र ट्रफी प्रदान गरिएको थियो । त्यस्तै युएनबिसी फुटबल क्लब घोराही अनुशासित टिम घोषित भएको छ । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार सहित ट्रफी प्रदान गरिएको छ । साथै फाउन्डेसनले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगी खेलप्रेमी, खेलाडी, सहयोगी दाता, पत्रकार,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,नागरिक समाज लगायत सबैमा धन्यवाद समेत दिएको छ । कार्यक्रमको सहजीकरण दाङ जिल्ला फुटवल संघका महासचिव लक्ष्ण बस्नेतले गरेका थिए । फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
ध्चष्तभ तय ब्बमष्m प्ऋ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्