गढवा गाउँपालिका स्थापना दिवसको अवसरमा जारी खेलकुद प्रतियोगिता सम्पन्न, राप्ती गाउँपालिका प्रथम – Kanika Khabar
Saturday, April 27Nepali News Portal

गढवा गाउँपालिका स्थापना दिवसको अवसरमा जारी खेलकुद प्रतियोगिता सम्पन्न, राप्ती गाउँपालिका प्रथम

    मा प्रकाशित

आलोक भावुक
गढवा, २८ फागुन।

दाङ देउखुरीको गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित दोस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिताको आइतबार गढवामा सम्पन्न भएको छ।

गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिस्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद/शिक्षा, स्वास्थ्य, कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा दोस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको जनाएको थियो। जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा सुरु भएको प्रतियोगिता फागुन २२ गते सुरु भएको थियो भने आज आइतबार २७ गते समापन भएको छ।

फागुन २२ गते भएको अन्तर पालिका स्तरीय फुटबल प्रतियोगितामा गढवा गाउँपालिका र राप्ती गाउँपालिका बिचको फुटवल खेलमा राप्ती गाउँपालिकाले पेनाल्टी सुट आउट गर्दै ४-२ गोल अन्तरले गढवालाई पराजित गरेको थियो। त्यसैगरी लमही नगरपालिका र राजपुर गाउँपालिकाबिचको खेलमा पेनाल्टी सुटआउटमा लमही नगरपालिकाले ३-१ गोल अन्तरले राजपुर लाई पराजित गरेको थियो । गढवा गाउँपालिकाले स्थापन दिवसको अवसरमा आयोजना गरेको दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकाले जितेको छ । आईतवार जनता माध्यमिक विद्यालय गढवाकाे खेलमैदानमा भएको फाइनल खेलमा लमही नगरपालिकालाई ५-१ काे फराकिलो गोल अन्तरले हराउँदै राप्ती गाउँपालिकाले उपाधि जितेको हो ।

राप्ती गाउँपालिकालाई जित दिलाउन वडा नं.३ का वडा अध्यक्ष तथा टिम क्याप्टेन उमेश अधिकारी सहित राजेश चाैधरी र लक्ष्मण चाैधरीले १/१ गाेल गर्नु भएको थियो भने शाेभाराम चाैधरीले २ गाेल गर्नु भएको थियो। विजेता टिमले ट्रफि,मेडल ,प्रमाणपत्र सहित नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। त्यस्तै उत्कृष्ट खेलाडीकाे रुपमा राप्ती गाउँपालिकाका शाेभाराम चाैधरी सम्मानित हुनु भएको छ।

त्यसैगरी फुटबल खेलमा अन्तर वडा स्तरीय खेलकुद प्रतियोगितामा वडा नम्बर २ प्रथम, वडा नम्बर ७ द्धितिय र वडा नम्बर ६ तृतीय स्थान हाँसिल गर्न सफल भएका छन्। बिजेताहरुलाई प्रथम २५ हजार, द्वितीय १४ हजार र तृतिय स्थान हाँसिल गर्नेलाई १० हजार नगद, शिल्ड र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।त्यसैगरी गढवा गाउँपालिकाआ महिला जनप्रतिनिधि, कर्मचारी र विभिन्न संघसंस्थाका प्रतिनिधिबिच भएको फुटबल खेलमामा संघसंस्थाका प्रतिनिधिहरुको समूह प्रथम भएको थियो।

त्यसैगरी क्रिकेट खेलमा अन्तर वडा स्तरीय खेलकुद प्रतियोगितामा वडा नम्बर ४ प्रथम, वडा नम्बर ५ द्वितीय र वडा नम्बर ८ तृतीय स्थान हाँसिल गरेका छन् ।क्रिकेट खेलमा म्यान अफ द सिरिज अनुप सुन्दर हुनु भएको छ।

त्यसैगरी महिला भलिबल खेलमा अन्तरवडा स्तरीय खेलकुद प्रतियोगिता वडा नम्बर ४ प्रथम, वडा नम्बर ३ द्वितीय र वडा नम्बर ७ तृतीय स्थान हाँसिल गरेका छन्। गढवा – ३ की अञ्जना चौधरी उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुनुभएको छ।

त्यसैगरी महिला भलिबल खेलमा अन्तरवडा स्तरीय खेलकुद प्रतियोगिता वडा नम्बर ४ प्रथम, वडा नम्बर ३ द्वितीय र वडा नम्बर ७ तृतीय स्थान हाँसिल गरेका छन्। गढवा – ३ की अञ्जना चौधरी उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुनुभएको छ।

खेल अवधिभर रेफ्रीकाे भूमिकामा एन्फा रेफ्री देव नारायण दाहाल,माेहन गाैतम र आदित्य केसी रहनु भएको थियो ।

एथलेटिक्स खेलको अन्तिम नतिजा अनुसार १०० मिटर दौडमा पुरुष तर्फ गढवा गाउँपालिका वडा नम्बर ४ का अब्दुल रहिम मुसलमान प्रथम, वडा नम्बर २ का क्रिस चौधरी द्वितीय र वडा नम्बर ३ का सिद्धान्त चौधरी तृतीय स्थान हाँसिल गर्नु भएको छ।

त्यसैगरी १०० मिटर दौडमा महिलातर्फ गढवा गाउँपालिका वडा नम्बर ४का आशिका चौधरी प्रथम, वडा नम्बर ३ का अक्छेता कुमाल द्वितीय र वडा नम्बर ६ का एमुना कुमाल तृतीय स्थान हाँसिल गर्नु भएको छ।

त्यसैगरी सटपुट खेलमा पुरुषतर्फ वडा नम्बर २का मनोज चौधरी प्रथम, वडा नम्बर ४ का आशाराम चौधरी द्वितीय र वडा नम्बर ६ का शिव कुमाल तृतीय स्थान हाँसिल गर्नु भएको छ ।

त्यसैगरी सटपुट खेलमा महिलातर्फ वडा नम्बर ६का करिमा कुमाल प्रथम, वडा नम्बर ४ का प्रमिला चौधरी द्वितीय र वडा नम्बर ७ का प्रेमा चौधरी तृतीय स्थान हाँसिल गर्नु भएको छ ।

त्यसैगरी ज्याबलिङ थ्रो मा पुरुषतर्फ वडा नम्बर ४ का देव बहादुर कुमाल प्रथम, वडा नम्बर ३ का राम कुमार चौधरी द्वितीय र वडा नम्बर ६ का रोहित कुमाल तृतीय स्थान हाँसिल गर्नु भएको छ ।

ज्याबलिङ थ्रो मा महिलातर्फ वडा नम्बर ६ की यमुना कुमाल प्रथम, वडा नम्बर ४ की प्रकृति चौधरी द्वितीय र वडा नम्बर ३ की सञ्जिता चौधरी तृतीय स्थान हाँसिल गर्नु भएको छ।

१५०० सय मिटर दौडमा पुरुषतर्फ वडा नम्बर २ का पुरुषोत्तम चौधरी प्रथम, वडा नम्बर ३का रुकुम बहादुर रावत क्षेत्री द्वितीय र वडा नम्बर ६ का रोहित कुमाल तृतीय स्थान हाँसिल गर्नु भएको छ ।

त्यसैगरी १५०० मिटर दौड महिलातर्फ वडा नम्बर ३ का अरुनिमा चौधरी प्रथम, वडा नम्बर २ का आशिका चौधरी द्वितीय र वडा नम्बर ६ का रोमा कुमाल तृतीय स्थान हाँसिल गर्नु भएको छ ।त्यसैगरी आज विहिवार भएको व्याडमिन्टन खेलमा वडा नम्बर ४ का सुदिप चौधरी र जनार्दन चौधरी प्रथम, वडा नम्बर ७ का बुद्धि प्रकाश चौधरी र प्रसुन चौधरी द्वितीय स्थान हाँसिल गर्न सफल हुनुभएको छ।

त्यसैगरी माघ २६ गतेदेखि २९ गतेसम्म दाङको घोराहीमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई विभिन्न पदक विजेता तथा प्रशिक्षकहरुलाई सम्मान तथा प्रशंसापत्र वितरण समेत गरिएको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गढवा गाउँपालिकाले एक स्वर्ण सहित ११ पदक प्राप्त गरेको थियो। जसमा ३ रजत र ७ काश्य समाबेस रहेको छ।

तेक्वान्दो खेलतर्फको महिला र पुरुष दुबै तर्फको नतिजा अनुसार पुरस्कार पहिले नै बितरण भैसकेको थियो।

दोस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा बिशिस्ट अतिथी तथा पूर्व गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिर, संस्थाको तर्फबाट ओम बसेल, विध्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको तर्फबाट सरस्वती माध्यमिक विद्यालय विध्यानगर गोबरडियाका अध्यक्ष आशाराम चौधरी, प्रधानाध्यापकहरुको तर्फबाट जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव,

राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका किरण पौडेल लगायतकाले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले गढवा गाउँपालिकामा खेलकुद खेलमैदानको आवश्यकता महसुस भएको बताउदै खेलाडीहरु राष्ट्रिय गहना नभई राष्ट्रिय स्वाभिमान भएको बताएका थिए। गढवा गाउँपालिकाले गढवामा खेलको हब बनाउन सर्वप्रथम राम्रो खेलमैदानको निर्माण आवस्यक रहेको बताएका थिए।

समापन कार्यक्रममा गढवा गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, राप्ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वली, केही वडाका वडाध्यक्षहरु, गढवामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वली, विभिन्न विध्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण श्याम बिक र गुरुबचन चौधरीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्