त्रिकाेणात्मक टि- २० सिरिजकाे उपाधिबाट चुक्याे नेपाल – Kanika Khabar
Saturday, April 27Nepali News Portal

त्रिकाेणात्मक टि- २० सिरिजकाे उपाधिबाट चुक्याे नेपाल

    मा प्रकाशित

काठमाडौं, ३० फागुन ।

त्रिकाेणात्मक टि- २० सिरिजकाे उपाधि प्राप्त गर्नबाट नेपाल चुकेकाे छ ।
हङकङमा आज बुधबार भएकाे फाइनल खेलमा नेपाल पपुवा न्युगिनी (पिएनजी)सँग ८६ रनले पराजित भएसँगै नेपाल उपाधिबाट चुकेकाे हाे ।

पिएनजीले दिएकाे १७२ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट भयाे।

पिएनजीका बलरकाे कसिलाे बलका अगाडि नेपाली ब्याटरहरु चल्न सकेन्।

कप्तान राेहितकुमार पाैडेलले १२, आरिफ शेखले १५, सुन्दीप जाेराले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।

पिएनजीका काबाउ माेराए, सेमाे कामाेए, चढ साेपेर र सेसे बाउले समान २- २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएकाे थियाे।

पिएनजीका टाेनी उराले अर्धशतक प्रहार गरेका थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्