टिमुर पकेट क्षेत्र बङ्गलाचुलीमा टिमुरको बिरुवा वितरण – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

टिमुर पकेट क्षेत्र बङ्गलाचुलीमा टिमुरको बिरुवा वितरण

    मा प्रकाशित

कनिका खबर
दाङ, असार ३० ।

दांङको दुर्गम क्षेत्रको रुपमा रहेको वंगलाचुली गाउपालिकामा डिभिजन वन कार्यालय दांङले टिमुरको विरुवा वितरण सु?वात गरेको छ । टिमुर रोपण महाअभियान अन्र्तगत जिल्लामा एक लाख टिमुर रोप्ने लक्ष्य लिएको वन कार्यालयले वंगलाचुली गाउँपालिका वडा नं ४ स्थित जूम्लेपानी सामुदायिक वन उपभोक्ता मार्फत उत्पादन गरेको १२ हजार विरुवाको वितरण गरिएको कमिरेचौर सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत संयोग बस्नेतले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष भक्त वहादुर वलीको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा गाउपालिका अध्यक्षले स्थानिय टिमुर खेतीमा अग्रसर किसानलाई वि?वा वितरण गरि वंगलाचुलीमा टिमुर रोपण अभियानको सुरुवात गरेका थिए ।

दांङको पहाडि क्षेत्रमा टिमुर खेतीको सम्भावना अथक रहेकाले कोरोनाले निम्त्याएको वेरोजगारीको अवस्थामा गाँउगाँउमा भित्रीएका युवाह?लाई टिमुर खेती मार्फत आर्थिक सम्वृद्धि तथा स्थानिय रोजगारी सृजना हुने हुदाँ टिमुर रोपणलाई व्यापक ?पमा अगाडी लैजानपर्नेमा गाँउपालिका अध्यक्ष वलीले जोड दिए ।

प्रदेश सरकार अन्र्तगत डिभिजन वन कार्यालय दाङले यस वर्ष बङ्गलाचुली लगायत घोराहीको सैघा, तुलसीपुरको छिल्लीकोट, प्रतापकोट लगायतको उत्तरी महाभारत क्षेत्रका किसानहरुलाई निशुल्क रुपमा टिमुरको विरुवा उपलव्ध गराउने कार्यक्रम रहेकोमा वंगलाचुली गाउँपालिका सवैभन्दा ठुलो पकेट क्षेत्र रहेकाले त्यस क्षेत्रमा टिमुर विस्तार प्राथमिकतामा रहेको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले वताए ।
कार्यक्रममा स्थानिय उपभोक्ता संग अन्र्तक्रियाको क्रममा टिमुरको वजारीकरण र खेतीका चुनौतीको वारेमा स्थानियले राख्नुभएको जिज्ञासामा अधिकृत ज्ञवालीले वन कार्यालयले आफ्नो वारीमा फलेको टिमुर वेच्न कुनै कानुनी जटिलता नरहेको, वन कार्यालयले यसको सरलीकरणमा भुमिका खेल्ने भनी वताए । हालसम्म करिब चालीस हजार विरुवाको माग रहेको हुँदा माग अनुसार विरुवा उपलव्ध गराउन चुनौतीको रुपमा रहेको तर वन कार्यालयले कसैलाई निराश नबनाउने ज्ञवालीले बताए ।

दाङको विकट क्षेत्रको रुपमा रहेको वंगलाचुलीमा टिमुरको वितरणले स्थानियले आर्थिक विकासको आशा पलाएको पाइएको छ । टिमर वितरणको अभियानले दुर्गमताको साथसाथै कोरोनाको त्रासमा रहेका उपभोक्ता वन कार्यालयको अभियानवाट घरवाट निस्किएर आफ्नो खेतवारीमा काम गर्न जुट्न थालेको पाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्