बाबुराम नेतृत्वकाे नेसपा फुट्याे – Kanika Khabar
Saturday, April 27Nepali News Portal

बाबुराम नेतृत्वकाे नेसपा फुट्याे

    मा प्रकाशित

काठमाडौं,३ चैत ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकाे नेतृत्वमा रहेकाे नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ ।
जनता समाजवादी पार्टीबाट छुट्टिए डा. भट्टराईले गठन गरेको नेसपा फुटेको हाे ।

पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ । माओवादी केन्द्रसँग गरेकाे सहमतिपश्चात् पार्टी आधिकारिक रूपमा फुटेकाे हाे ।

पार्टी एकताका लागि आज शनिबार भएकाे बैठकमा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरूङ सहभागी थिए। त्यस्तै नेपाल समाजवादी पार्टीबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्