मेट्रो कलेजमा तालिमको समापन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

मेट्रो कलेजमा तालिमको समापन

    मा प्रकाशित

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको सात दिने फ्रिच, एसी र वासिङ्ग मेसिन मर्मत तालिमको समापन गरिएको छ । मेकानिकल इन्जिनियरिङ्ग कार्यक्रममा अध्ययनरत विद्यार्थीकालागि आयोजना गरिएको तालिम विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउनका लागि सञ्चालन गरिएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै कलेज प्रमुख वसन्त आचार्यले विद्यार्थीहरुलाई टिक्ने र बिक्ने बनाउनका लागि तालिमको आयोजना गरिएको बताए । किताबी ज्ञानले मात्रै प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरुमा सीप र क्षमताको विकास नहुने भएकाले कलेजले थप सीप विकासका लागि तालिम सञ्चालन गरिएको पनि उनको भनाई थियो । “विद्यार्थीहरुले ज्ञान आर्जनसँगै सीप र सीपसँगै आम्दानी पनि गर्न सकुन् भनेर नै तालिमको व्यवस्था गरिएको हो ” शिक्षालय प्रमुख आचार्यले भने ।
शिक्षालयले विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आइरहेको पनि आचार्यले जानकारी दिए । शिक्षालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुको सहभागिता रहेको तालिमका प्रशिक्षकमा बासुदेव न्यौपाने रहेका थिए । शिक्षालयका कार्यक्रम संयोजक अपिल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक आयुषा रेग्मी र विद्यार्थी गिरीराज थापाले अनुभव बाँडेका थिए भने कार्यक्रमको सहजिकरण प्रशासकीय सहायक सुधासुमन ढकालले गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्