एसइई परीक्षा दाङ : विद्यार्थी घटे, परीक्षा केन्द्र बढे – Kanika Khabar
Saturday, April 27Nepali News Portal

एसइई परीक्षा दाङ : विद्यार्थी घटे, परीक्षा केन्द्र बढे

    मा प्रकाशित

अमरराज आचार्य
दाङ, ११ चैत ।
जिल्लामा अघिल्लो वर्षभन्दा यस वर्ष एसइई परीक्षा दिने विद्यार्थी सङ्ख्या घटेको छ । गत वर्षभन्दा यस वर्ष विद्यार्थी सङ्ख्या घटे पनि परीक्षा केन्द्र भने थपिएको छ । अघिल्लो वर्ष जिल्लाबाट १३ हजार चार सय ५२ जना एसइई परीक्षमा सहभागी भएका थिए । यस वर्ष १२ हजार ८ सय ९८ जना विद्यार्थी एसइईमा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणि चौधरीले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा पाँच सय ५४ जना विद्यार्थी घटेका हुन् ।

यस वर्ष जिल्लामा ४७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने अघिल्लो वर्ष ४५ वटा परीक्षा केन्द्र रहेका थिए । यस वर्ष राप्ती गाउँपालिकामा ३, लमही नगरपालिकामा ५, गढवा गाउँपालिकामा ३, राजपुर गाउँपालिकामा एक, बंगलाचुली गाउँपालिकामा एक, घोराही उपमहानगरपालिकामा १४, तुलसीपुर उपमहानगरपालिकामा १४, दंगीशरण गाउँपालिकामा दुई, शान्तिनगर गाउँपालिकामा दुई र बबई गाउँपालिकामा दुई वटा परीक्षा केन्द्र निर्धारण गरिएको इकाइ कार्यालयले जनाएको छ । यस वर्ष घोराही र तुलसीपुरमा १÷१ वटा परीक्षा केन्द्र थप गरिएको प्रमुख चौधरीले बताए ।

‘सहरी क्षेत्रमा विद्यार्थी सङ्ख्या बढेको र ग्रामीण क्षेत्रमा विद्यार्थी सङख्या घटेका छन्’, प्रमुख चौधरीले भने । शिक्षा विकास तथा समन्वय एकाइ दाङका अनुसार जिल्लामा रहेका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालय गरी दुई सय ४२ विद्यालयबाट १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षामा सहभागी हुने भएका हुन् । यस वर्ष नियमिततर्फ १२ हजार दुई सय २८ विद्यार्थी परीक्षमा सहभागिता हुने भएका छन् । जसमा छात्रा ६ हजार चार सय ६५ र छात्र पाँच हजार ७ सय ६३ जना रहेका छन् । ग्रेड वृद्धितर्फ तीन सय ४७ जना रहेका छन् । जसमा छात्रा एक सय ९५ जना र छात्र एक सय ५२ जना रहेका छन् ।

यस वर्ष एसइई दिनेमा छात्राको सङ्ख्या बढी शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । जसमा छात्रा ६ हजार ८ सय २२ र छात्र ६ हजार ७६ जना रहेका छन् । एकाइ प्रमुख चौधरीका अनुसार यो वर्ष जिल्लामा प्राविधिक धारतर्फ तीन सय २३ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षको एसइई परीक्षामा एक सय ६ सामुदायिक विद्यालयका ७ हजार ६ सय ७५ विद्यार्थी रहेका छन् । जसमा नियमित तर्फ ७ हजार २० जना र गे्रड वृद्धितर्फका तीन सय ३२ जना रहेका छन् । एक सय ३५ संस्थागत विद्यालयका पाँच हजार ३८ विद्यार्थी एसइईमा सहभागी हुने छन् । जसमा नियमिततर्फका पाँच हजार २३ र ग्रेड वृद्धितर्फ १५ जना रहेका छन् । सामुदायिक खुल्ला विद्यालयका एक सय ८५ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । सबै नियमिततर्फका रहेका छन् ।

जिल्लामा यस वर्ष ६ जना दृष्टिविहीन विद्यार्थीले एसइई परीक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख चौधरीले जानकारी दिए । जसमा तुलसीपुरमा रहेको गुरु जजुर माध्यमिक विद्यालयबाट ४ जना र आदर्श माध्यमिक विद्यालय लालमटियाबाट दुई जना एसइई परीक्षा दिन लागेको एकाइले जनाएको छ । परीक्षा सञ्चालनका लागि एक हजार एक सय ६५ जना जनशक्ति परिचालन गरिने भएको छ । जुन सुरक्षाकर्मी बाहेकको सङ्ख्या हो । परीक्षामा ४७ जना केन्द्राध्यक्ष, ८४ जना सहायक केन्द्राध्यक्ष, ६ सय ५१ जना निरीक्षक, एक सय २८ जना सहायक कर्मचारी, २ सय ५५ जना सहयोगी कर्मचारी परिचालन गरिने प्रमुख चौधरीले जानकारी दिए । परीक्षा केन्द्रमा विद्यार्थीको सङ्ख्याको आधारमा १० देखि १५ जना सुरक्षाकर्मी परिचालन हुने समेत उनको भनाइ छ ।

यस वर्ष उत्कृष्ट परीक्षा केन्द्रलाई सम्मान गरिने भएको छ । यसका लागि मापदण्ड समेत निर्माण गरिने उनले बताए । अनुगमनमा जाने समितिले दिएको अङ्कका आधारमा उत्कृष्ट छनोट गरिने उनले बताए । परीक्षामा निरीक्षकलाई पनि मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाइने भएको छ । ‘निरीक्षकलाई पनि परीक्षा कोठामा मोबाइल लैजान निषेध गरिने छ’, प्रमुख चौधरीले भने । प्रविधिको प्रयोग गरेर हुन सक्ने दुरुपयोग रोक्नका लागि यस प्रकारको कार्य गर्न लागिएको हो । यसले परीक्षालाई व्यवस्थित र मर्यादित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एसइई परीक्षाबारे पत्रकारसँग छलफल

शिक्षा विकास तथा समन्वय इकाइ दाङले एसइई परीक्षा मर्यादित बनाउने विषयमा पत्रकारहरूसँग छलफल गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले विद्यार्थीले निर्धक्क भएर परीक्षा दिने वातावरण मिलाइने बताए । विद्यार्थीको ज्ञान, सिपको प्रमाणित गर्ने माध्यम परीक्षा भएको उनले बताए । त्यसैले परीक्षालाई मर्यादित, व्यवस्थित बनाउनु पर्ने उनको भनाइ छ । ‘ज्ञान, सिप हासिल गरेको मूल्याङ्कन गर्ने माध्यम भनेकै परीक्षा हो’, प्रमुख जिल्ला अधिकारी सुवेदीले भने । यसका लागि आफूहरूको तर्फबाट गर्नुपर्ने दायित्व पूर्ण रूपमा रहने समेत उनले बताए । सबै क्षेत्रको सहयोगमा परीक्षा व्यवस्थित र मर्यादित बनाउन सकिने उनले बताए । ‘नक्कली परीक्षार्थी खडा गर्ने, प्रविधिको दुरुपयोग हुन नदिन विशेष निगरानी गर्न आवश्यक छ’, प्रमुख जिल्ला अधिकारी सुवेदीले भने ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसीले परीक्षाका लागि आवश्यताका आधारमा सुरक्षाकर्मीको व्यवस्था गरिने बताए । उनले १३ वटा परीक्षा केन्द्र सशस्त्र प्रहरी र नेपाल प्रहरी रहने र अन्य केन्द्रमा नेपाल प्रहरी खटिने प्रमुख केसीले जानकारी दिए । परीक्षामा खटिने प्रहरीलाई प्रशिक्षण दिएर पठाइने समेत उनले बताए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणि चौधरीले परीक्षा सञ्चालनबारे जानकारी दिएका थिए । कार्यक्रमको सहजीकरण इकाइका शाखा अधिकृत तिलकराम बन्जाडेले गरेका थिए । याे समाचार आजकाे गाेरक्ष राष्ट्रिय दैनिकमा प्रकाशित भएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

प्रतिक्रिया दिनुहोस्