आज तराई तथा मधेसका जिल्लाहरूमा हर्षोल्लासपूर्वक होली मनाइँदै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

आज तराई तथा मधेसका जिल्लाहरूमा हर्षोल्लासपूर्वक होली मनाइँदै

    मा प्रकाशित

दाङ, १२ चैत ।
आज नेपालको तराई भूभागमा रंगहरूको पर्व फागु (होली) मनाइँदै छ । तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

होलीका अवसरमा सरकारले आज तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

होली पर्वको आफ्नै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिन्छ ।

परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पु¥याउँछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्