उपनिर्वाचन : अर्थ मन्त्रालयबाट १० करोड बजेट स्वीकृत – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

उपनिर्वाचन : अर्थ मन्त्रालयबाट १० करोड बजेट स्वीकृत

    मा प्रकाशित

काठमाडौँ, १२ चैत ।
नेपालमा हुन थालेको उपनिर्वाचनका लागि सरकारले १० करोड रुपैयाँ बजेट खर्च गर्ने स्वीकृति दिएको छ । आगामी बैशाख १५ गते हुने थालेको उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको हो ।

निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा हुन लागेको उपनिर्वाचनका लागि अर्थ मन्त्रालयसँग १० करोड रकम मागेको थियो ।

आयोगले मागेअनुसार मन्त्रालयले रकम खर्च गर्न स्वीकृति प्रदान गरेको गरेको हो । चैत २२ गते अन्तिम मतदाता नामावली निकाल्ने २४ गते उम्मेदवारी दर्ता गरी २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरि तयारी आयोगले गरेको छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्