होली खेल्ने क्रममा ललितपुरमा ग्याङ फाइट, दुईजनाको मृत्यु – Kanika Khabar
Saturday, April 27Nepali News Portal

होली खेल्ने क्रममा ललितपुरमा ग्याङ फाइट, दुईजनाको मृत्यु

    मा प्रकाशित

ललितपुर १२ चैत ।
होली खेल्ने क्रममा ललितपुरमा ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको धलाहिटीमा होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी घर भई ललितपुरको धोलाहिटीमा बस्दै आएका २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्