बाँकेमा श्रीमाले गरे श्रीमतीको हत्या – Kanika Khabar
Saturday, April 27Nepali News Portal

बाँकेमा श्रीमाले गरे श्रीमतीको हत्या

    मा प्रकाशित

बाँके, १३ चैत ।

बाँकेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाकाे कोहलपुरमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी श्रीमानले हत्या गरेकाे बाँके प्रहरीले जनाएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर १४ बस्दै आएका २२ वर्षीय अनिल बिकले आफ्नै २१ वर्षीया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरको प्रहरीले जनाएको छ ।

बर्दियाको बाँसगढी घर भएका अनिल दम्पत्ति कोहलपुर नगरपालिका वडा नम्बर १४ काे पावर्तीपुरमा बस्दै आएका थिए । हिजाे सोमबार राती आपसी झगडामा अनिलले श्रीमती सुशिलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी सुशिलालाई नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

अनिल दम्पत्तीले पावर्तीपुरस्थित बागेश्वरी हिम पाइप उद्योगमा काम गर्दै आएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्