जेसिआई लेडी दाङकाे आयाेजनामा साइबर सुरक्षासम्बन्धी प्रशिक्षण – Kanika Khabar
Saturday, April 27Nepali News Portal

जेसिआई लेडी दाङकाे आयाेजनामा साइबर सुरक्षासम्बन्धी प्रशिक्षण

    मा प्रकाशित

दाङ, १३ चैत ।

जेसिआई दाङ लेडीकाे आयोजनामा साइबर सुरक्षासम्बन्धी प्रशिक्षण कार्य सम्पन्न भएकाे छ ।

आज मङ्गलबार एक कार्यक्रमकाे आयाेजना गरी दाङकाे घाेराहीस्थित अम्बिकेश्वरी क्याम्पसका विद्यार्थीहरूलाई साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिइएकाे हाे ।

दाङ लेडीका अध्यक्ष जुनकुमारी बुढाकाे अध्यक्षता तथा दाङ जिल्ला प्रहरी उपरीक्षक श्री रामबहादुर केसीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमुख अतिथि केसीले साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा अम्बिकेश्वरी क्याम्पसका प्रमुख तथा विशिष्ट अतिथि चन्द्रप्रकाश खनाल, त्रिभुवन नगर जेसिजका अध्यक्ष रविकिरण केसी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे संयोजन प्रकरण निर्देशक लक्ष्मी चौधरीले गरेकी थिइन् ।
उपाध्यक्ष पिया क्षेत्रीले जेसिज आस्था पाठ गरेकी थिइन् भने उपाध्यक्ष रेमन्ता पुनले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रमकाे सहजीकरण महासचिव सुनीता अधिकारीले गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्