नेपाली काङ्ग्रेस दाङ प्रदेश २(२) मा विभिन्न विभाग गठन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

नेपाली काङ्ग्रेस दाङ प्रदेश २(२) मा विभिन्न विभाग गठन

    मा प्रकाशित

दाङ, १३ चैत ।
नेपाली काङ्ग्रेस दाङ प्रदेश सभा क्षेत्र नं २ (२) ले पार्टीका गतिविधिलाई चलायमान बनाउन विभिन्न विभाग गठन गरेको छ । आइतबार बसेको पार्टीको नियमित मासिक बैठकबाट विभिन्न विभाग गठन गरिएको प्रवक्ता भोला बुढाथोकीले जानकारी दिएका हुन् ।

काङ्ग्रेस दाङ प्रदेश २(२) का सभापति अभियान बस्नेतको सभापतित्व तथा क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न विभाग गठन गरेको छ ।जस अन्तर्गत संगठन विभागको संयोजकमा रूपलाल बस्नेत, प्रशिक्षण विभाग संयोजकमा गोविन्द प्रसाद न्यौपाने, विकास निर्माण संयोजकमा लक्ष्मी लम्साल, सुचना प्रविधि तथा प्रचार प्रसार विभाग संयोजकमा शोभाराम चौधरी, अभिलेख संरक्षण विभाग संयोजकमा वरिष्ठ अधिवक्ता बिष्णुमणि धिताल तथा कार्यक्रम संयोजन विभाग संयोजकमा लक्ष्मी शाहलाई चयन गरेको प्रवक्ता बुढाथोकीले बताए ।

बैठककोे सहजीकरण सचिवद्वय तिलक केसी र प्रल्हाद देवकोटाले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्