रास्वपाका खरेलले दिए राजीनामा – Kanika Khabar
Saturday, April 27Nepali News Portal

रास्वपाका खरेलले दिए राजीनामा

    मा प्रकाशित

काठमाडौँ, १४ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रमेश खरेलले राजीनामा बुझाएका छन् । रास्वपाको सरकारमा समावेशको विषयलाई लिएर स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको भन्दै पार्टी सभापति रवि लामिछानेको आलोचना गरेपछि पार्टीले खरेलसँग स्पष्टीकरण माग गरेको थियो । नेता खरेलले आफ्नो अभिव्यक्तिका विषयमा स्पष्टीकरण सोधेपछि पार्टीबाट राजीनामा दिएका हुन्।

हाल स्पेस फोरके टेलिभिजनमा ‘जनता जनार्दन’ नामको कार्यक्रम चलाइरहेका उनले दुई साताअघिको अंकमा रवि लामिछानेको चर्को आलोचना गरेका थिए ।

लामिछानेले आफू गृहमन्त्रीसहित सरकारमा जाने निर्णय गरेकोप्रति आलोचना गर्दै खरेलले भनेका थिए, रास्वपा पनि उस्तै देखियो । जुन जोगी आए पनि कानै चिरेको !’

खरेलले आज बुधबारबाट लागू हुने गरी पदबाट राजीनामा पत्र पठाएका छन् । यसअघि सुशासन पार्टीका अध्यक्ष रहेका खरेललाई रास्वपाले केन्द्रीय सदस्य बनाउन खोजे पनि जिम्मेवारी लिन भने अस्वीकार गरेका थिए।

खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए। उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए। २०७९ मङ्सिर ४ गतेको निर्वाचनमा खरेल सुशासन पार्टीका तर्फबाट काठमाडौं–१ को उम्मेदवार बनेका थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्