त्रिविको लापरवाही, पुनः हरायो उत्तरपुस्तिका – Kanika Khabar
Saturday, April 27Nepali News Portal

त्रिविको लापरवाही, पुनः हरायो उत्तरपुस्तिका

    मा प्रकाशित

काठमाडौँ, १४ चैत ।
त्रिभुवन विश्वविद्यालय(त्रिवि)मा पुनः अर्को विषयको उत्तरपुस्तिका हराएको छ । परीक्षा नियन्त्रण कार्यालयमा पछिल्लो पटक अर्को विषयको पनि उत्तरपुस्तिका हराएको स्रोतले जानकारी दिएको हो।

अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको स्रोतले जानकारी दिएको छ । त्यस परीक्षा केन्द्रका १७६ थान उत्तरपुस्तिका हराएको स्रोतले बताएको छ ।

उत्तरपुस्तिका खोज्दा नभेटिएपछि ११ चैतमा पनिकाले आन्तरिक सर्कुलरसमेत जारी गरेको थियो । यसअघि पनि त्रिविबाट स्नातक तह बीए प्रथम वर्षको जनसङ्ख्या विषयको उत्तरपुस्तिका हराएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्