राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा – Kanika Khabar
Saturday, April 27Nepali News Portal

राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

    मा प्रकाशित

काठमाडौँ, १५ चैत ।
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । उपाध्यक्ष अर्यालले आज बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।

माओवादीबाट नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष भएपछि उनले राजीनामा दिनुपरेको हो ।

नयाँ सत्ता समीकरणमा अध्यक्ष माओवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिनुपर्ने अवस्था बनेको हो ।

राष्ट्रिय सभाको उपाध्यक्षमा फागुन २१ गतेको सत्ता गठबन्धनको पत्रमा एमालेको दाबी रहे पनि एकीकृत समाजवादी पनि गठबन्धनमा मिसिएपछि उसलाई उपाध्यक्ष पद दिने की भन्ने बारेमा छलफल भइरहेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्