बोर्डले रद्द गर्‍यो अनुगमन अनुमतिपत्र – Kanika Khabar
Saturday, April 27Nepali News Portal

बोर्डले रद्द गर्‍यो अनुगमन अनुमतिपत्र

    मा प्रकाशित

काठमाडौँ, १६ चैत ।
परीक्षा केन्द्रमा अनुगमनका नाममा अनावश्यक भीड लागेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्बन्धमा जारी गरिएका अनुगमन अनुमतिपत्र रद्द गरेको छ ।

आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्ति विभिन्न परीक्षा केन्द्रहरूमा गएका कारण परीक्षा दिने विद्यार्थीको लेखन कार्यमा असुविधा भएको गुनासा आएकोले बोर्डले अनुगमन अनुमतिपत्र रद्द गरेको हो ।

प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको बोर्डले जनाएको छ ।

आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै बोर्डले भनेको छ, ‘अनुगमनका लागि खटिनु पर्ने आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रहरूमा गएको कारणबाट परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासा प्राप्त भएको विषयमा राष्ट्रिय परीक्षा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको छ । ’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्