खुम बहादुरलाई झुठो मुद्दा लगाइयो–सभापति देउवा – Kanika Khabar
Saturday, April 27Nepali News Portal

खुम बहादुरलाई झुठो मुद्दा लगाइयो–सभापति देउवा

    मा प्रकाशित

प्रिया स्मृती गजमेर
दाङ, १६ चैत ।
नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले स्वर्गीय खुम बहादुर खड्कालाई भ्रष्टाचारको झुठो मुद्दा लगाइएको बताए । आज शुक्रबार दाङको अमिलियामा स्वर्गीय नेता खुम बहादुर खड्काको शालिक अनावरण गर्दै सभापति देउवाले खुम बहादुर साहसिक नेता, विकासप्रेमी नेता, निडर नेता र जनताले अत्यन्तै रुचाइएका नेता भएको बताए । आजको काङ्ग्रेस हौं भनेर गर्वले छाती चौडा बनाउने हिम्मत प्रदान गराउने श्रेय नेता खड्कालाई भएको सभापति देउवाको भनाई छ ।

“झुठो मुद्दा लगाएर उहाँको राजनीति सक्ने दाउमा देशी विदेशी शक्ति लागि परे, केही हाम्रै साथीहरुले पनि आगोमा घ्यु थप्ने काम गर्नु भयो । त्यही समयमा उहाँको स्वास्थ्यमा ठुलै समस्या आयो अन्ततः हामीले देशका एक योद्धा गुमाउन पुग्यौ”– सभापति देउवाले भने ।

कार्यक्रममा स्वर्गीय खुम बहादुर खड्काको शालिक निर्माण समितिका संयोजक तथा दाङ क्षेत्रमा नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, २ का सभापति भीमप्रकाश खड्का, ३ का सभापति जगत बहादुर खड्का, पुर्व जिल्ला सभापति मोहनलाल वली, निवर्तमान सभापति किर्ती बहादुर खड्का, पुर्व सभापति विरकेशरी गौतम, पुर्व राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री तथा उपसभापति राजु खनालले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले स्वर्गीय नेता खुम बहादुर खड्काले टिकाएको जगमा काङ्ग्रेस अडिनु पर्ने बताए । काङ्ग्रेसको रजगज भएको दाङमा गुटउपगुट बनाएर कम्जोर गराउन नहुने भन्दै विकासप्रेमी नेता खड्काको अभाव राजनीति जीवनमा सधै खड्किरहने उनको भनाई छ ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी भित्र गठबन्धन हुन नसक्दा अन्य पार्टीबाट हेपिनु परेको बताए । सभापति पुनले पुर्व देखि पश्चिम सम्मका काङ्ग्रेसलाई समेटेर अगाडि बढ्न नेतृत्व तहलाई आग्रह गरेका छन ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले लमहीमा शालिक निर्माण गर्ने योजना रहेपनी केही बामपंथीले अबरोध गर्दा अमिलियामा शालिक निर्माण गर्नु परेको बताए ।

काङ्ग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले स्वर्गीय नेता खड्का सरल र इमानदारीता व्यक्ती भएको बताए । १९ वर्षको उमेरमा निर्वासन जीवन बिताएका नेता खड्काको अनुपस्थितमा आज देशले आभाव झेल्नु परेको बताए । खुम बहादुरले देशको नेतृत्व गर्न सक्छ भनेर भ्रष्टाचारको मुद्दा लगाई राजनीति सक्ने प्रपन्च रचियो र कलिलै उमेरमा उहाँको जीवन लिला समाप्त भयो’– घिमिरेले भने ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द बहादुर शाहले नेपालको लोकतान्त्रिक पक्षलाई अगाडी बढाउने वीर पुरुष उनी खुम बहादुर भएको बताए । स्वर्गीय नेता खड्का अजर अमर नेता र काङ्ग्रेसको अभिभावक भएको शाहले बताए । केन्द्रीय सदस्य दीपक गिरीले काङ्ग्रेस एक भएर अगाडी बढेमात्र उहाँ प्रती सच्चा सम्मान हुने बताए । स्वर्गीय नेता खड्काको प्रेरणा लिएर पार्टीलाई बलियो बनाउने तर्फ सबै लाग्नु पर्ने बताए ।
नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले लोकतान्त्रिक आन्दोलनमा खड्का महत्त्वपूर्ण भूमिका निर्बाह गरेका नेता भएको बताए । जनताको माझमा निकै लोकप्रिय नेता हुनुहुन्थ्यो, स–साना कुरामा अल्मल्लिएर कार्यकर्तालाई निरास गराउन हुँदैन, काङ्ग्रेसले निकै लामो सफर गर्नु छ त्यस कारण सबै मिलेर अगाडी बढौ”– राठौरले भने । कांग्रेसकै अर्का सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले समावेशीताको राजनीति स्वर्गीय नेता खुम बहादुर खड्काकै पहलमा भएको हो, त्यसैले आज हरेक समुदायका मान्छेले अवसर प्राप्त गरेका छन”– उपाध्यायले भनिन ।
लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्काले नेपालको राजनीतिमा आफ्नो बाबुले छोडेको छाप कहिले पनि नमेटिने भन्दै आफुले पनि बाबुले अपनाएको बाटो हिड्ने प्रतिबद्धता व्यक्त गरेका छन । देश र जनताको हितको लागि बन्दुक बोक्न तयार हुने मेरो बुवाको आशीर्वाद संगठन बनाउन कार्यकर्ता जोड्नु भनेको भनाईलाई म आत्मसात गर्दै अगाडी बढ्ने छु’– खड्काले भने ।
नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रीय सभापति शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपसभापति गिरीराज सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण जिल्ला सचिव अर्जुन कुमार योगीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्