छनौट प्रतियोगितामा चार सय बढी खेलाडी सहभागी – Kanika Khabar
Monday, April 29Nepali News Portal

छनौट प्रतियोगितामा चार सय बढी खेलाडी सहभागी

    मा प्रकाशित

जीतसागर जी.एम.
दाङ ।
दाङमा १३ वर्षमूनिको फुटबल खेलाडी छनौट प्रतियोगितामा ४ सय बढी खेलाडी सहभागी भएका छन् । एन्फा एकेडेमीका लागि छात्र/छात्रा फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत दाङ जिल्लाबाट ४ सय ४ जना खेलाडीले सहभागीता जनाएका हुन् । जुन संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघिका छनौट प्रतियोगितामा १५० भन्दा बढी खेलाडी सहभागी हुन सकेका थिएनन् । पछिल्लो समय फुटबल क्षेत्रमा गतिविधि उल्लेख्यरुपमा बढेपछि १३ वर्षमूनिको फुटबल खेलाडी छनौट प्रतियोगितामा दाङबाट ४ सय ४ जना खेलाडीले सहभागीता जनाएको अखिल नेपाल फुटबल संघ (एन्फा)दाङका अध्यक्ष संजात धितालले बताउनुभयो ।

उहाँले विभिन्न समयमा प्रतियोगिताको आयोजना गरिन थालेकाले पनि फुटबल खेलप्रतिको आकर्षण बढ्दै गएको बताउनुभयो । जिल्लास्तरिय छनौट प्रतियोगितामा ३० जना छात्रा र ३ सय ७४ जना छात्र खेलाडीले सहभागीता जनाएको उहाँले बताउनुभयो ।

१३ वर्ष मुनिको फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत दाङको तुलसीपुरमा शुक्रबार र शनिबार दुईसम्म जिल्लास्तरिय छनौट प्रतियोगिता भएको हो । जिल्लामा छनौट भएकाको नामावली आइतबार साँझसम्म प्रकाशित गरिने जिल्ला अध्यक्ष धितालले बताउनुभयो ।

जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेश हुँदै केन्द्रको प्रतियोगितामा सहभागीता जनाउन पाउने उहाँले बताउनुभयो । यहि चैत २४ देखि ३० गतेसम्म प्रदेशस्तरिय छनौट प्रतियोगिता हुने एन्फा दाङका कोच दुर्गा राजलवटले जानकारी दिनुभयो ।

उहाँले एन्फा दाङमा नयाँ नेतृत्व आएपछि फुटबल खेलका गतिविधि बढेको बताउनुभयो ।  खेलकुदमा गतिविध बढेकै कारण खेल प्रतियोगितामा उत्साहजनक सहभागीता हुन थालेको उहाँको भनाई छ । जिल्लास्तरिय छनौट प्रतियोगिताको अनुगमन, निरिक्षण एन्फा लुम्बिनी प्रदेशका कोषाध्यक्ष केशव चौधरी (मिग्मा)ले गर्नुभएको हो ।

एन्फाले काठ्माण्डौँमा बैशाख ३ गतेदेखि १० गतेसम्म हुने छनौट प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई आवासिय सुविधासहित खेल प्रशिक्षण गराउने आयोजकले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्