नेपाल ए ले निकाल्यो आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित – Kanika Khabar
Thursday, June 19Nepali News Portal

नेपाल ए ले निकाल्यो आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित

    मा प्रकाशित

May be an image of 10 people and textदाङ, १९ चैत ।
नेपाल ए ले तेस्रो टी— २० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २–१ ले गुमाएको छ ।
तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित निकालेको हो ।

नेपालले दिएको २ सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ए ले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो ।

नेपालको जितमा विपिन खत्रीले ३ विकेट लिए । कमल ऐरी, नारायण जोशी र रासिद खानले समान एक÷एक विकट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । नेपालका लागि आरिफ सेखले नटआउट ९३ रनको शानदार पारी खेले । उनले ४७ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।‍ रासिद खानले २४ र कमलसिंह ऐरीले १९ रन जोडे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्