सुधाको ‘माया बस्दै छ’ – Kanika Khabar
Monday, April 29Nepali News Portal

सुधाको ‘माया बस्दै छ’

    मा प्रकाशित

दाङ, २० चैत ।
जिल्लामा कुनै बेला सुरकी ‘रत्न’ का रुपमा एक नाम चिनिन्थ्यो सुधा रत्न । स्वरको जादुमयी कलाले स्रोताहरुको मनमा राज गर्न सफल भएकी सुधा जिल्लाका सांस्कृतिक कार्यक्रममा समेत उत्तिकै खोजिन्थिन् ।

जिल्लामा बसेर मात्रै कलाकारीता नफक्रिने मनासायले सुधालाई काठमाडौँ डाेर्‍यायाे । काठमाडौँमा बसेर संगीत यात्रालाई निरन्तरता दिएकी सुधाले आफूलाई त्यति धेरै यो क्षेत्रमा परिस्कृत गर्न सक्षम भईनन् । फाट्टफूट्ट हुने गायकीले आफूलाई सोचे अनुसार यो क्षेत्रमा सफलता नमिलेको अनुभुत सुधालाई हुँदै गयो । फलतः अहिले बेजोड रुपमा आफूलाई उनले यो क्षेत्रमा उपस्थित गराउने योजनाका साथ सुधा अघि सरेकी छिन् ।

नवीन रावलसँगको संगीत सहकार्यले सुधाको गायकीलाई फेरि उचाई दिएको छ । केही दिन अघि सार्वजनिक भएको ‘माया बस्दै छ, भोक निद्रा भाग्दैछ’ बोलको गीतबाट सुधा आम स्रोता दर्शकको मनमा राज गरेकी छिन् । नवीन रावलको लेखन र संगीतमा रहेको यो गीतमा नवीनलाई सुधाले गज्जबको आवाजले साथ दिएकी छिन् ।

बद्री विष्ट र बिना राउतको अभिनय रहेको यो गीतले अहिले स्रोता दर्शकको राम्रो साथ पाईरहेको छ । केही दिन अघि मात्रै सार्वजनिक यो गीतपछि सुधाको अर्को गीत पनि रिलिजको तयारीमा छ ।

नजर — २ गीतबाट सुधाले आफूलाई गायकका रुपमा मात्रै हैन, मोडलको रुपमा समेत प्रस्तुत गर्दैछिन् । यो गीतमा उनले बद्री विष्टसंग नृत्य गरेकी छिन् । उनका अनुसार केही दिनमै यो गीत रिलिज हुँदैछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्