गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिंदै – Kanika Khabar
Monday, April 29Nepali News Portal

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिंदै

    मा प्रकाशित

पोखरा, २१ चैत ।
संघीय सरकारमा आएको नयाँ सत्ता समीकरणसँगै प्रदेश सरकारमा पनि त्यसको असर पर्दै जान थालेको छ । आज बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाएका छन् ।

विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन् ।
६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् ।

गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, दीपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन ।

राप्रपाले सत्ताको चक्करमा नलाग्ने बताइरहेका बेला उसले समर्थन नगरेको अवस्थामा दुवैतर्फ बहुमत पुग्ने अवस्था देखिँदैन । मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिह्नमा विजयी भएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरिरहेको स्रोतले जनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्