एक साताभित्र एमयूमा नयाँ रजिष्टार – Kanika Khabar
Monday, December 8Nepali News Portal

एक साताभित्र एमयूमा नयाँ रजिष्टार

    मा प्रकाशित

कनिका खबर
असार ३१, दाङ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले एक साताभित्र नयाँ रष्टिार पाउने भएको छ । विश्वविद्यालयका रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री ) बाट हुने प्रावधान छ ।
नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा सङ्कायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो ।  डिनका लागि दरखास्त अवधि बाँकी नै छ । आवेदन दिएकामध्ये अधिकांश विश्वविद्यालयकै पूर्व डिनदेखि सह–प्राध्यापक लगायतका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्