एक साताभित्र एमयूमा नयाँ रजिष्टार – Kanika Khabar
Thursday, March 28Nepali News Portal

एक साताभित्र एमयूमा नयाँ रजिष्टार

    मा प्रकाशित

कनिका खबर
असार ३१, दाङ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले एक साताभित्र नयाँ रष्टिार पाउने भएको छ । विश्वविद्यालयका रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री ) बाट हुने प्रावधान छ ।
नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा सङ्कायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो ।  डिनका लागि दरखास्त अवधि बाँकी नै छ । आवेदन दिएकामध्ये अधिकांश विश्वविद्यालयकै पूर्व डिनदेखि सह–प्राध्यापक लगायतका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्