लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने, संसदीय दलकाे आकस्मिक बैठक – Kanika Khabar
Monday, April 29Nepali News Portal

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने, संसदीय दलकाे आकस्मिक बैठक

    मा प्रकाशित

दाङ, २२ चैत ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज बिहीबार विश्वासकाे मत लिने भने पनि अन्ततः विश्वासको मत नलिई राजीनामा दिने भएका छन् ।

आज बस्ने प्रदेश सभाकाे बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यसूची रहे पनि मुख्यमन्त्रीले राजीनामा दिने स्राेतले बताएको हाे ।
विश्वासको मत लिने भनिए पनि बहुमत जुटाउन नसकेपछि राजीनामा दिने मनस्थितिमा पुगेकाे स्राेतले बतायाे ।

प्रदेशसभा बैठक दिउँसो ४ बजे बस्नु अगावै आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाइएको छ । बैठकमा राजीनामा दिने सम्बन्धमा छलफल हुने जानकारी दिइएको छ ।

बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ४, राप्रपाका ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३, जनमतका ३, जनमोर्चा र नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका एक–एक जना प्रदेशसभा सदस्य छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्