विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व आवश्यक : मन्त्री श्रेष्ठ – Kanika Khabar
Monday, April 29Nepali News Portal

विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व आवश्यक : मन्त्री श्रेष्ठ

    मा प्रकाशित

दाङ, २४ चैत ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व आवश्यक पर्ने दोहोर्याएकी छिन् । आज सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकाे नेतृत्व हुनुपर्नेमा जाेड दिएकी हुन् ।

सडक, सदन या सरकार जहाँ हुँदा पनि आफू यो मान्यतामा दृढ रहेको उनले बताइन् । सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– ‘प्रतिपक्षमा हुँदा एउटा कुरा र मन्त्री हुँदा अर्को, यो मैले जानेको छैन । राजनीतिमा लाग्नु अघि पनि सांसदले सडकमा होस्, सदनमा होस् वा सरकारमा हुँदा होस् एउटै बोली बोल्न पर्छ भन्ने मान्यतामा दृढ छु । हिजो प्रतिनिधिसभाको सदस्यको रूपमा र आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा मेरो एउटै धारणा छ, विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ । प्राज्ञिक क्षेत्रबाटै छनोट हुनुपर्छ ।’

मन्त्री श्रेष्ठको धारणा

प्रतिपक्षमा हुँदा एउटा कुरा र मन्त्री हुँदा अर्को , यो मैले जानेको छैन । राजनीतिमा लाग्नु अघि पनि सांसदले सडकमा होस्, सदनमा होस् वा सरकारमा हुँदा होस् एउटै बोली बोल्न पर्छ भन्ने मान्यतामा दृढ छु । हिजो प्रतिनिधिसभाको सदस्यको रूपमा र आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा मेरो एउटै धारणा छ , “विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ । प्राज्ञिक क्षेत्रबाटै छनोट हुनुपर्छ ।”

राजनीतिक नेतृत्व पदेन रूपमा कुलपति, सहकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता हुँदैन । परिणाम आउँदैन । यो सांसदको रूपमा मैले राखेको संशोधन होस् , वा आज मन्त्रीको रूपमा मेरो भूमिका । यही हो मेरो धारणा । पदीय जिम्मेवारीसँगै जनतालाई गरेको वाचा बिर्सने छैन, बोली बदल्ने छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्