राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको पाँचौ अधिवेशन सम्पन्न , अध्यक्षमा रेग्मी – Kanika Khabar
Monday, April 29Nepali News Portal

राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको पाँचौ अधिवेशन सम्पन्न , अध्यक्षमा रेग्मी

    मा प्रकाशित

घाेराही। राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको श्रष्टा सम्मान तथा काव्य उत्सव अन्तरगत साहित्यपुञ्ज लोकार्पण, सम्मान एवम् पुरस्कार समर्पणका साथै १६औँ वार्षिक साधारण सभा तथा ५औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

परिषदको जिल्ला शाखा अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछानेको प्रमुख आतिथ्य एवम् परिषद केन्द्रका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यमा शनिबार कार्यक्रम भएको हो ।

सो अवसरमा प्रमुख अतिथि प्राध्यापक डा. लामिछानेले राप्ती क्षेत्र सिर्जनाको उर्वरभूमि रहेको बताउनुभयो । साहित्य संगीतको क्षेत्रलाई उजागर गर्ने काममा राप्ती क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले राप्ती साहित्य परिषदले सर्जन परिष्कृत बनाउने काममा थप योगदान दिने काम गर्दै आएको बताउनुभयो ।

सो अवसरमा राप्ती साहित्य परिषद केन्द्रका सल्लाहकार एवम् वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँ, राप्ती साहित्य परिषद केन्द्रका अध्यक्ष गजलकार, समालोचक डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद केन्द्रका वरिष्ट उपाध्यक्ष, दाङ शाखाका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार तथा साहित्यकार कमलमणि देवकोटा, राप्ती साहित्य परिषदका केन्द्रीय सदस्य एवम् विश्वकीर्तिमानि सङ्गीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको छ ।
साहित्य मार्फत योगदान दिएको भन्दै यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार २०८० बाट साहित्यकार तथा समालोचक नारायण नेपाल, कृष्ण गायत्री प्रज्ञा पुरस्कार २०८०बाट साहित्यकार तथा समीक्षक यज्ञबहादुर डाँगी, वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार २०८०बाट साहित्यकार तथा थारु भाषा साहित्य तथा सांस्कृति मन्च दाङका अध्यक्ष छविलाल कोपिलालाई पुरस्कृत गरिएको छ भने पत्रकार गोविन्द खड्का र साहित्यकार खेमराज गाउँलेलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा कवि तथा सर्जकहरु श्रवण नेपाली, विक्रम वली नेपाली बाबु, संगीत मगर, दीलकुमारी बुढामगर, डा. कृष्णराज डी.सी., हरी पोखेल, छविलाल कोपिला, यज्ञबहादुर डाँगी, नारायण नेपाल, सन्तोष श्रेष्ठ, कमलमणि देवकोटा, टीकाराम उदासी, उत्तमकृष्ण मजगैयाँलगायतले सिर्जना सुनाउनुभएको थियो । कोषाध्यक्ष यम रेग्मीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गर्नुभएको थियो ।।
यसैबीच, राप्ती साहित्य परिषद दाङ शाखाको आगामी कार्यकालका लागि २ सदस्य पछि मनोनित गर्ने गरी यम रेग्मीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्ष सुरेशकुमार पाण्डे, सचिवमा घनश्याम केसी, सहसचिवमा वीणा रोका, कोषाध्यक्षमा सुशीला आचार्य सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी, सदस्यहरुमा अर्जुनकुमार पौडेल (अर्जुन शर), कपिलमणि लामिछाने, गुरुप्रसाद कुमाल बुलबुल, नारदमणि भण्डारी चयन हुनुभएको छ । बाँकी दुई जना सदस्य कार्यसमितिले चयन गर्ने भएको छ ।
राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको श्रष्टा सम्मान तथा काव्य उत्सव अन्तरगत साहित्यपुञ्ज लोकार्पण, सम्मान एवम् पुरस्कार समर्पणका साथै १६औँ वार्षिक साधारण सभा तथा ५औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

परिषदको जिल्ला शाखा अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछानेको प्रमुख आतिथ्य एवम् परिषद केन्द्रका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यमा शनिबार कार्यक्रम भएको हो ।

सो अवसरमा प्रमुख अतिथि प्राध्यापक डा. लामिछानेले राप्ती क्षेत्र सिर्जनाको उर्वरभूमि रहेको बताउनुभयो । साहित्य संगीतको क्षेत्रलाई उजागर गर्ने काममा राप्ती क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले राप्ती साहित्य परिषदले सर्जन परिष्कृत बनाउने काममा थप योगदान दिने काम गर्दै आएको बताउनुभयो ।

सो अवसरमा राप्ती साहित्य परिषद केन्द्रका सल्लाहकार एवम् वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँ, राप्ती साहित्य परिषद केन्द्रका अध्यक्ष गजलकार, समालोचक डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद केन्द्रका वरिष्ट उपाध्यक्ष, दाङ शाखाका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार तथा साहित्यकार कमलमणि देवकोटा, राप्ती साहित्य परिषदका केन्द्रीय सदस्य एवम् विश्वकीर्तिमानि सङ्गीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको छ ।
साहित्य मार्फत योगदान दिएको भन्दै यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार २०८० बाट साहित्यकार तथा समालोचक नारायण नेपाल, कृष्ण गायत्री प्रज्ञा पुरस्कार २०८०बाट साहित्यकार तथा समीक्षक यज्ञबहादुर डाँगी, वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार २०८०बाट साहित्यकार तथा थारु भाषा साहित्य तथा सांस्कृति मन्च दाङका अध्यक्ष छविलाल कोपिलालाई पुरस्कृत गरिएको छ भने पत्रकार गोविन्द खड्का र साहित्यकार खेमराज गाउँलेलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा कवि तथा सर्जकहरु श्रवण नेपाली, विक्रम वली नेपाली बाबु, संगीत मगर, दीलकुमारी बुढामगर, डा. कृष्णराज डी.सी., हरी पोखेल, छविलाल कोपिला, यज्ञबहादुर डाँगी, नारायण नेपाल, सन्तोष श्रेष्ठ, कमलमणि देवकोटा, टीकाराम उदासी, उत्तमकृष्ण मजगैयाँलगायतले सिर्जना सुनाउनुभएको थियो । कोषाध्यक्ष यम रेग्मीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गर्नुभएको थियो ।
यसैबीच, राप्ती साहित्य परिषद दाङ शाखाको आगामी कार्यकालका लागि २ सदस्य पछि मनोनित गर्ने गरी यम रेग्मीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्ष सुरेशकुमार पाण्डे, सचिवमा घनश्याम केसी, सहसचिवमा वीणा रोका, कोषाध्यक्षमा सुशीला आचार्य सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी, सदस्यहरुमा अर्जुनकुमार पौडेल (अर्जुन शर), कपिलमणि लामिछाने, गुरुप्रसाद कुमाल बुलबुल, नारदमणि भण्डारी चयन हुनुभएको छ । बाँकी दुई जना सदस्य कार्यसमितिले चयन गर्ने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्