होटल पौवाले मनायो आठौं स्थापना दिवस – Kanika Khabar
Monday, April 29Nepali News Portal

होटल पौवाले मनायो आठौं स्थापना दिवस

    मा प्रकाशित

दाङ, २५ चैत ।
दाङको घोराहीस्थित होटल पौवाले स्थापनाको आठौँ वार्षिकोत्सव मनाएको छ । दाङको तरौटेस्थित बेद्धाश्रममा एक कार्यक्रमको आयोजना गरी होटलले स्थापना दिवस मनाएको हो ।

बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई आज आइतबार बिहानको खाना खुवाएर स्थापना दिवस मनाएको हो । बृद्धाश्रममा रहेका १६ जना बृद्धबृद्धा तथा चार जना कर्मचारी गरी २० जनालाई खाना खुवाएर स्थापना दिवस मनाएको होटलका म्यानेजर केडी शर्माले बताए ।

‘स्थापना दिवसको अवसर पारेर सामाजिक कार्यमा जोडिने उद्देश्यका साथ हामीले बृद्धबृद्धालाई खाना खुवाउने व्यवस्थापन मिलाएका हौँ । व्यवसाय सञ्चालन गर्दैगर्दा पनि सामाजिक कार्यसँग जोडिन आवश्यक रहन्छ नै । हामीले आफ्नो पेसाको अतिरिक्त समाजका गतिविधिसँग पनि जोडिनसकिनुपर्छ ।’ म्यानेजर शर्माले बताए ।

पछिल्लो समयमा होटल पौवाले विभिन्न चाडपर्व तथा दिवसका अवसरमा सामाजिक कार्यसँग आफूलाई जोड्दै ल्याएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्