बुटवलमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु, आज दोश्रो चरणमा १६८ जनाले प्रतिष्पर्धा गर्दै – Kanika Khabar
Thursday, May 23Nepali News Portal

बुटवलमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु, आज दोश्रो चरणमा १६८ जनाले प्रतिष्पर्धा गर्दै

    मा प्रकाशित

हरिश ढकाल
चैत २५, बेलबास ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा कर्णेल उजिर सिंह थापा स्मृति अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । रेटिङ समूह २ हजार मुनिको अन्तर्राष्ट्रिय मेयर कप बुद्धिचाल खेलमा नेपाल लगायत अमेरिका, भारत र बङ्गलादेशका कूल २०० जना अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको छ ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले कार्यक्रमको उदघाटन गर्दै इस्ट इन्डिया कम्पनीको सैन्य समूहसँग सामान्य हतियार बोकी युद्ध गरेर बिजय प्राप्त गरेका कर्नेल उजिन सिंह थापाको सम्मानमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आयोजना गर्न सफल भएको बताए ।

उद्घाटन समारोहमा प्रतियोगिता संयोजक माधव प्रसाद प्रधानले लामो समयपछि बुटवल उपमहानगरपालिकामा बुद्धिचाल खेललाई पुनः सञ्चालन गरी विभिन्न देशका खेलाडीहरुलाई नगरमा न्यानो आतिथ्यता प्रदान गरेको जानकारी गराए । उनले प्रतियोगिताको उपाधि विजयी खेलाडीले नगद रु २ लाख पुरस्कार प्राप्त गर्ने बताए । त्यसैगरी द्वितीय हुनेले रु. १ लाख १० हजार, तृतीयले ६० हजार, चौथोले ४० हजार र पाँचौ स्थानमा आउनेले ३० हजर नगद पुरस्कार हात पार्ने छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापतिका अनुसार कूल ५० जना खेलाडीहरुले बिसौंं स्थानसम्म र विभिन्न विधा अन्तर्गत जम्मा नगद १० लाख १ हजार नगद , आकर्षक ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनका अनुसार पहिलो चरणका खेलमा टप सिडेड बङ्गलादेशी सिएम जमाल उदिन, नेपालका एफएम रुपेश जैसवाल, भारतका राघव श्रीवास्तव, अमेरिकन खेलाडी वेभर सिया, भारतका मिथिलेस श्रीवास्तव, नेपालका सिएम कृष्ण थापा, भारतका डब्लु एफएम ब्रिस्टी मुखर्जी, एसिएम रिहान्स पाण्डे, एआइएम दिपाञ्जलीले आफ्नो पहिलो जीत सँगै १ /१ अंक जोड्न सफल बनेका छन् ।

अन्य प्रतिस्पर्धा मार्फत जित हासिल गर्नेमा बुटवल निवासी नेपालका महिला राष्ट्रिय खेलाडी नमन सेढाई, शिखर रेग्मी, विसनमान थैव, सिएम पुरुषोत्तम चौलागाईं, सिएम सजिन महर्जन, राजेन्द्रप्रसाद श्रैष्ठ, सुरज महर्जन, अशोक मोहन श्रेष्ठ, पुरुषोत्तम सिलवाल, सुदिप तामाङ लगायत ७६ जनाले १/१ अंक बनाई राम्रो सुरुवात गरेका छन् ।
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार कोलोनेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता नौ चरणको लिग सिस्टममा खेल खेलाइने छ । चैत २३ गते शुरु भई २७ गते सम्पन्न हुने प्रतियोगितामा उत्कृष्ट अंक हुनेहरु विच प्रतिस्पर्धा गरि विजेताको छनौट गरिने उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्