महिला फुटबल टोली चितवन प्रस्थान – Kanika Khabar
Monday, April 29Nepali News Portal

महिला फुटबल टोली चितवन प्रस्थान

    मा प्रकाशित

लक्ष्मण बस्नेत
दाङ, २५ चैत ।
प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता २०८० मा भाग लिन लुम्बिनी प्रदेशको महिला फुटबल टोली आज आइतबार चितवनको भरतपुर प्रस्थान गरेको छ ।
प्रदेश खेलकुद परिषद् बागमतीको आयोजनामा चैत २६ गतेदेखि बागमतीको प्रदेशको राजधानी हेटौडामा हुने सुरु हुने प्रतियोगितामा भाग लिन लुम्बिनी प्रदेशको २० सदस्यीय महिला फुटबल टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
टोलीलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईले एक कार्यक्रमको आयोजना गरी टीका तथा खादा लगाएर बिदाई गर्नु भएको लुम्बिनी प्रदेश फुटबल संघका कोषाध्यक्ष तथा टिम म्यानेजर केशव चौधरी मिग्माले जानकारी दिनुभयो ।

बिदाई समारोहलाई सम्बोधन गर्दै सदस्य सचिव भट्टराईले लुम्बिनी प्रदेश खेलकुदको गरिमा लाई उच्च राख्ने गरी खेल प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिनुभयो । साथै उहाँले खेलकुद क्षेत्रमा प्रदेश खेलकुदले स्थापित गरेको गरिमालाई अझ फाराकिलो पार्दै जितको अग्रिम शुभकामना दिनुभयो ।

लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बखान रंगशाला चितवन भरतपुरमा मंगलवार दिउँसो तीन बजे हुने टिम कोच जनक केसीले जानकारी दिनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्