गुरुकुलभित्र प्रवेश गर्दा साथ समुन्नत मनोरम लाग्छ : साहित्यकार शर्मा – Kanika Khabar
Monday, April 29Nepali News Portal

गुरुकुलभित्र प्रवेश गर्दा साथ समुन्नत मनोरम लाग्छ : साहित्यकार शर्मा

    मा प्रकाशित

घोराही।नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष तथा साहित्यकार नारायण प्रसाद शर्माले गुरुकुल एकेडेमी भित्रको शैक्षिक वातावरण निकै राम्रो र मनोरम महसुस हुने बताउनुभएको छ । घोराही उप महानगरपालिका वडा नम्बर १५ मा रहेको गुरुकुल ऐकेडेमीको कक्षा १० का विद्यार्थीहरुको दीक्षान्त समारोह कार्यक्रमको उद्घाटन गदै उहाँले यस्तो बताउनुभएको हो । गुरुकुल एकेडेमीको व्यवस्थापन मात्र नभई शैक्षिक वातावरण पनि निकै समुन्नत तथा मनोरम भएको बताउनुभयो ।

 

विद्यालयको नाम गुरुकुल एकेडेमीले नयाँ तथा पुराना अभिभावकलाई समेत लोभ्याउने समेत उहाँले बताउनुभयो गुरुकुल शब्दले पुरानो उच्च संस्कृति अनुशासन निती नैतिकताको आधारमा बृद्धि गर्दै लैजाने पनि बताउनुभयो यसै आधारमा बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा सिकाइ उपलब्धी प्रभावकारी हुन सक्ने उहाले बताउनुभयो। ‘विद्यार्थीहरुलाई दवाब दिएर सिकाइ उपलब्धी हुदैन ’ उहाँले भन्नुभयो। त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरुलाइ उहाँले आग्रह समेत गर्नुभयो । विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरु लाग्नु पर्ने समेत उहाँले बताउनुभयो । शिक्षासँगै विद्यार्थीहरुलाई संस्कार सिकाउन लाग्नु पर्ने भन्दै आगामी दिनमा पनि यसरी अगाडि बढ्नुपर्ने कार्यक्रमका वक्ताहरुले बताएका थिए । विद्यालयका प्रिन्सिपल डाक्टर कृष्णराज डिसीले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताउनुभयो ।

पूर्ण मानव सिर्जना गर्ने मुल ध्ययेका साथ सञ्चालनमा आएको गुरुकुल एकेडेमीले विद्यार्थीहरुलाई दिइने शिक्षण सिकाईमा कुनै कमजोरी नहुने बताउनुभएको थियो । साथै कार्यक्रममा उपस्थित सबै अभिभावहरुलाई धन्यवाद समेत प्रदान गनुभएको थियो । आज भएको दीक्षान्त कार्यक्रममा कक्षा १० का २४ जना विद्यार्थीहरुलाई दीक्षान्त गरिएको हो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेको थिए । कार्यक्रममा गुरुकुल एकेडेमी गणित विषयका शिक्षक अरबिन्द अधिकारी ,प्लस टु व्यवस्थापन विषयका संयोजक डम्बर रावत विद्यालय संयोजक महेन्द्र पौडेल , नेपाली विषयका शिक्षक विवेक देवकोटा ,अभिभावक तथा कक्षा १० का विद्यार्थीहरु प्राप्ति अधिकारी उत्सव पोख्रेल शुभेच्छा पौडेल र दिपेश वलीले मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका प्रिन्सिपल डाक्टर कृष्णराज डिसीको अध्यक्षता तथा विद्यालयका विज्ञान विषयका संयोजक भुवन आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आइएसए संयोजक इन्द्र प्रसाद पोख्रेलले गर्नुभएको थियो । यसैगरी विद्यालयमा प्लस टु विज्ञान विषयको बारेमा प्लस टु विज्ञान संयोजक अजय शाहले जानकारी गराउनुभएको थियो । विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । विद्यालयमा अहिले प्ले ग्रुपदेखि कक्षा ९ सम्म सीमित सिटमा भर्ना समेत खुलेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्