सञ्चारकर्मी सुदन थापाको ‘तिम्रो आत्मामा’ ले चर्चा बटुल्दै (भिडियोसहित) – Kanika Khabar
Monday, April 29Nepali News Portal

सञ्चारकर्मी सुदन थापाको ‘तिम्रो आत्मामा’ ले चर्चा बटुल्दै (भिडियोसहित)

    मा प्रकाशित

दाङ, २७ चैत ।
सञ्चारकर्मी सुदन थापाको तिम्रो आत्मामा बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै सञ्चारकर्मी थापाको गीतले चर्चा बटुल्न थालेको छ ।

गायक थापालाई स्वरमा साथ दिएकी छिन् संगीता चौधरीले । अडियोसँगै भिडियो पनि सार्वजनिक भएको छ । म्युजिक भिडियोमा गायक थापा र गायिका चौधरीले फिचर्स गरेका छन् । रुपा थापा घतीृको शब्दमा रहेको प्रस्तुत गीतमा गायक थापाले नै संगीत भरेका छन् । विगत लामो समयदेखि सञ्चार क्षेत्रमा रहेका गायक थापा जन आवाज नेपाल युट्युब च्यानल सञ्चालन गर्दै आएका छन् । त्यसो त अभिनयको क्षेत्रमा समेत लामो अनुभव थापाले बटुल्दै आएका छन् । ठुलो पर्दाको सिनेमादेखि टेलि सिरियलमा पनि आफूलाई अब्बल दर्ज गर्दै आएका थापा पछिल्लो समयमा गायन क्षेत्रमा देखा परेका हुन् ।

मेचीकाली खबर युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियो प्रेमराज लामिछानेले छायाङ्कन गरेका छन् भने भिडियो सम्पादन सन्देश शाहले गरेका छन् । गोविन्द मधुर आचार्यको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतको रेकर्डिङ द म्युजिक एरामा गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्