निजी विद्यालयले आजबाट अनलाइन कक्षा नचलाउने – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

निजी विद्यालयले आजबाट अनलाइन कक्षा नचलाउने

    मा प्रकाशित

कनिका खबर
साउन १, दाङ ।
सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै निजी विद्यालयले आजबाट अनलाइन कक्षा नचलाउने भएका छन् । निजी विद्यालयहरूको छाता सङ्गठन, प्याब्सन र एन–प्याब्सनले संयुक्त रूपमा वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले अनलाइन कक्षा सञ्चालन गर्ने विषयमा सरकारले आफूहरूको माग सम्बोधन नगरेकाले अनलाइन कक्षा बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् । उनका अनुसार अनलाइन कक्षा सञ्चालन गर्नका लागि आर्थिक प्याजेकजको माग गरिए पनि सरकारले अझैँ सुनुवाइ गरेको छैन । जसका कारण अनलाइन कक्षा बन्दको घोषणा गर्नुपरेको उनको भनाइ छ ।
प्याब्सन तथा एन प्याब्सनले गएको असार ७ मा नियमित अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गर्दै यस शैक्षिक सत्रमा ११ महिनाको मासिक शुल्क क्रमशः भुक्तानी गर्दै जान अभिभावकहरूलाई आह्वान गरेको थियो । तर त्यसको चौतर्फी विरोध भएपछि सरकारले आफूहरूको समस्या समाधानका लागि प्याकेजको घोषणा गर्न माग गरिए पनि त्यसो नभएका कारण निजी विद्यालयहरू असन्तुष्ट छन् । सरकारले भने निजी विद्यालयलाई अनलाइन कक्षा नरोक्न आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्