मावि सौडियारमा कार्यरत शिक्षक-कर्मचारीले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने – Kanika Khabar
Monday, April 29Nepali News Portal

मावि सौडियारमा कार्यरत शिक्षक-कर्मचारीले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने

    मा प्रकाशित

दाङ । दाङको घोराही ७ सौडियारस्थित मावि सौडियारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्नो छोराछोरीलाई सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको छ ।

यही शैक्षिक सत्रदेखि सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई अनिवार्य सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरुको आज भएको सामुहिक छलफलमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै पढाउने निर्णय गरेका हुन् । छलफलकाक्रममा बिब्यस अध्यक्ष निशानदाजु भट्टराईले शिक्षक र कर्मचारिकै छोराछोरी बाहिर निजी बिद्यालयमा पढ्न जादा बिद्यालयको शैक्षिक अबस्थासहित गुणस्तरबारे नकारात्मक शन्देश बाहिर जाने भन्दै यसमा सबै सजग हुनु पर्ने बताए । आफ्ना छोराछोरी निजी बिद्यालयमा पढाएर अरुका छोराछोरी सरकारी सामुदायिक विद्यालयमा पढाउनुभन्दा शिक्षक, कर्मचारी, बिब्यस र शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्यहरुले नैतिक प्रश्नको सामना गर्नुपर्ने भएकाले यो बारेमा गम्भीर हुन आग्रह अध्यक्ष भट्टराईको थियो ।

त्यस्तै शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवरले नयाँ शैक्षिक शत्रलाई विद्यालयको मुहार फेर्ने वर्षका रुपमा लिई सामुहिक रुपमा अघि बढ्नु पर्ने बताए । उनले आफ्नो छोरीलाई निजी बोर्डिङमा पढाउन सक्ने आफ्नो राम्रो आर्थिक अबस्था हुँदा हुँदै पनि बिद्यालयको शैक्षिक अवस्था माथि उठाउन मावि सौडियारमा भर्ना गरेको र आफुले बच्चा हाल्दा समुदायका अन्य व्यक्तिले पनि विश्वास गरेर बच्चा दिने आधार तय गर्न भुमिका खेलेको चर्चा गरे । अग्रेजि मिडियममा विद्यार्थीको आकर्षण बढेकाले यसलाई थप व्यवस्थित बनाउदै लैजानु पर्ने भन्दै शिक्षक र कर्मचारीले अनिवार्य रुपमा आफ्ना बालबच्चा विद्यालयमा पढाउनु पर्ने बताए ।

विद्यालयका निमित्त प्रधानाध्यापक नन्दबहादुर वलिले शिक्षक र कर्मचारिका छोराछोरीले सामुदायिक विद्यालयमा पढाउदा सकारात्मक सन्देश प्रवाह हुने भन्दै यसलाई कार्यान्वयनमा लैजाने बताए । उनले भर्ना अभियानको क्रममा गाडीको सुविधा लिने बिद्यार्थिहरुको तथ्याङ्क संकलन गरिने भन्दै गाडीको सुबिधा आउनासाथ आफ्नो बच्चा मावि सौडियारमा पढाउने प्रतिवद्धता व्यक्त गर्दै बिद्यालयमा कार्यरत अन्य शिक्षक र कर्मचारीलाई बच्चा विद्यालयमा अनिवार्य रुपमा पढाउन आग्रह गरे ।

त्यस्तैगरी शैक्षिक सत्र २०८१ मा प्ले ग्रुपदेखि कक्षा ९ सम्म नयाँ भर्ना खुलेको निमित्त प्रअ वलिले जानकारी दिए ।

अघिल्लोबर्षदेखि क्रमश शैक्षिक सुधारका अभियान सञ्चालन हुँदै आएको र कक्षा उन्नती प्रकृया(परिक्षामा स्वतह पास हुने अबस्था) अहिलेदेखि रोकिएको पनि शिक्षक अभिभाबक संघका अध्यक्ष कुवरले बताए ।
अन्य सरकारी विद्यालयहरु भन्दा फरक तरिकाले अध्यापन तथा व्यवस्थापन गरेकाले पनि यो बर्ष बिद्यार्थी थपिने निमित्त प्रअ वलिले बिश्वास ब्यक्त गरे । नयाँ शैक्षिक शत्रलाई लक्षित गरेर गणित र बिज्ञानलाई लक्षित गर्दै निजि स्रोतमा शिक्षकको बिज्ञापन गर्ने र रिक्त लेखापालमा पनि बिज्ञापन गर्ने बिब्यसले निर्णय गरेको छ । साथै विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान सँगसँगै जीवनउपयोगी, व्यवहारिक शिक्षामा समेत ध्यान दिएको वलिको भनाई छ । सो अवसरमा निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका वलिलाई बिब्यस अध्यक्ष भट्टराई, शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर, निबर्तमान प्रअ ज्ञानेन्द्र गौतमसहित बिब्यस सदस्य, शिक्षक अभिभाबक संघका सदस्य, शिक्षक तथा कर्मचारीहरुले सामुहिकरुपमा टिकासहित फुल माला लगाईदिएर बधाईसहित कार्यकाल सफलताको कामना गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्