नेपाली काङ्ग्रेस दाङकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न – Kanika Khabar
Monday, April 29Nepali News Portal

नेपाली काङ्ग्रेस दाङकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न

    मा प्रकाशित

दाङ, २८ चैत ।

नेपाली काङ्ग्रेस दाङ जिल्लाको दोस्रो जिल्ला सम्मेलनको अवसरमा आयाेजित रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

आज पार्टी कार्यालय घाेराहीमा आयाेजित कार्यक्रममा एक सय १५ जनाले रक्तदान गरेका हुन् ।

एक सय प्रन्ध जना रक्तदाता मध्ये अठासी जना नयाँ रक्तदाता रहेका छन् । रक्तदान नेपाल रेडक्रस सोसाईटी घोराहीको प्राविधिक सहयोगमा  सम्पन्न भएको थियो ।

नेपाली काङ्ग्रेस दाङको अयोजनमा तथा नेपाल विद्यार्थी संघ दाङको व्यवस्थापनमा रक्तदान कार्यक्रमकाे आयोजना गरिएको थियाे ।

 

नेपाली काङ्ग्रेसको दोस्रो जिल्ला सम्मेलन चैत २९ गते ( भोलि बिहीबार )  हुँदै छ । सम्मेलनलाई काङ्ग्रेसका केन्द्रीय सदस्य नेता  डा. शेखर कोइरालालगायतका नेताहरुले सम्बोधन गर्ने भएका छन्  ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्