आज इद पर्व, देशभर सार्वजनिक विदा – Kanika Khabar
Monday, April 29Nepali News Portal

आज इद पर्व, देशभर सार्वजनिक विदा

    मा प्रकाशित

दाङ, २९ चैत ।
आज मुस्लिम धर्मावलम्बीको इद (इद उल फित्र) पर्व परेको छ । मुस्लिम समुदायले आज हर्षोल्लासका साथ इद मनाउँदै छन् । एक महिने रमजान पर्व समापन भएको अवसरमा मुस्लिम समुदायले विशेष नमाज पाठ गरी यो पर्व मनाउने गर्छन् ।

अरबी पात्रो हिजरी सम्वत् अनुसार दसौं महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्छन् ।

दसौं महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि ३ दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायतका खानेकुरा खान दिने चलन छ ।

आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्