जन्मदिनमा बेसाहारालाई सहयोग – Kanika Khabar
Monday, April 29Nepali News Portal

जन्मदिनमा बेसाहारालाई सहयोग

    मा प्रकाशित

टेकबहादुर पुन

लमही । पछिल्ला समय फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा कसैलाई सहयोग गरेर जन्मदिन मनाउनेको सँख्या बढ्न थालेको छ ।

परिबर्तित समयमा जन्मदिन मनाउनेहरु पनि परिबर्तन हुँदै गएका हुन । लमही निवासी महेश थापा ठेँडीले बिहिवार आफ्नो ३० औँ जन्मदिनको अबसरमा बेसाहारा हरुसँग जन्मदिन मनाएका छन ।

सिसहनियामा रहेको निलसागर सेवाआश्रममा रहेका आमाबुवालाई २ बोरा चामल, नुन, तेल, बिस्कुट फलफुल सहयोग गरेका हुन । फजुलखर्च भन्दापनि गरिब दिनदुखी लाई सहयोग गरेर जन्मदिन मनाउन पाउँदा हर्षित भएको थापाले बताए । लमही नगरपालिका प्रशासन प्रमुख पदमा जिम्वेवारीमा रहेका थापाले आगामी दिनमा सधै दिनदुखीको सेवा गरेर जन्मदिन मनाउने बताए ।

बेसाहारा आमाबुवाको गतिलो साहारा बनेको आश्रममा हाल २३ पुरुष र २ महिला गरि २५ जना छन । सेवाआश्रमले सडकमा ब्यबारिसे भेटिने ब्यसाहारा हरुलाई सेवा दिँदै आईरहेको छ । सहयोगी दाताहरुबाटै आश्रम चलेको र हाल सरकारी निकायबाट कुनै किसिमको सहयोग नरहेको आश्रमका कार्यबहाक अध्यक्ष गरिबु चौधरीले बताए ।

पहिले धेरै आमाबुवा भएको र केहीलाई आफन्ती सम्पर्कमा आएपछि जिम्मा लगाईएको चौधरीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्