त्रिविमा रेक्टर र रजिस्ट्रार नियुक्त – Kanika Khabar
Monday, April 29Nepali News Portal

त्रिविमा रेक्टर र रजिस्ट्रार नियुक्त

    मा प्रकाशित

काठमाडौँ, ३० चैत ।
त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर)मा प्रा.डा. खड्क केसी र रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन्।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाललाई नियुक्त गरेका हुन्।

त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बरालले उनीहरूको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।

त्रिवि ऐनअनुसार रेक्टर र रजिस्टार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपतिले नियुक्ति गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केसी र रिजाललाई नियुक्त गरेका हुन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्