‘राष्ट्रियता जागरण’ कविता सङ्ग्रहको समीक्षा – Kanika Khabar
Sunday, April 20Nepali News Portal

‘राष्ट्रियता जागरण’ कविता सङ्ग्रहको समीक्षा

    मा प्रकाशित

दाङ, ३० चैत ।

राप्ती साहित्य परिषद जिल्ला शाखा दाङले नियमित कार्यक्रम अन्तर्गत १९१ औँ श्रृङ्खलामा कृति समीक्षा कार्यक्रम आज घोराही दाङमा सम्पन्न गरिएको छ ।

राप्ती साहित्य परिषदको जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतिथ्यतामा नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत साहित्यकार कुल बहादुर वलीको ‘राष्ट्रियता जागरण’ कविता सङ्ग्रहको समीक्षा राप्ती साहित्य परिषदको सभा हलमा सम्पन्न भयो। यस कृतिको समीक्षा राप्ती साहित्य परिषदको केन्द्रका अध्यक्ष डा. टीकाराम उदासीले गरेका हुन् ।

कार्यक्रममा कवि तथा सर्जकहरू राप्ती साहित्य परिषदको जिल्ला शाखा दाङका निवर्तमान अध्यक्ष दीपक शर्मा  समीर , लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष केशव थापाले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिनुभएको थियो। साथै कार्यक्रममा दामोदर पौडेल,नगेन्द्र गुरु , गोपाल भुसाल अभिलाषी,  सुशीला आचार्य , हरिप्रसाद पौडेल ‘स्वर्ण शिखा’ वीणा रोका , हरिप्रसाद पाण्डे , रिमा गौतम, धनसिंह गिरी , गुरुप्रसाद कुमाल बुलबल, केशव के सी, सुभाष न्यौपाने , नवराज श्रेष्ठ लगायतले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।

राप्ती साहित्य परिषद् दाङ शाखाका कार्यसमितिले दुई सदस्यको मनोनयन गरेको छ। तुलसीपुर क्षेत्रबाट विमला डाँगी विकलता तथा घोराही क्षेत्रबाट रिता गौतम गरी दुई सदस्यको मनोनयन गरिएको हो। साथै कार्यसमितिले सल्लाहकारको रूपमा राप्ती साहित्य परिषद् दाङ शाखाका पूर्व अध्यक्षहरू डा . लोकराज पराजुली, कमलमणि देवकोटा तथा निवर्तमान अध्यक्ष दीपक शर्मा ूसमीरूलाई सल्लाहकारको रूपमा चयन गरिएको छ ।

कार्यक्रममा लेखक कुलबहादुर ओलीलाई प्रशंसापत्रले सम्मान गरिएको थियो। राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्