काङ्ग्रेसले डाक्यो संसदीय दलको बैठक – Kanika Khabar
Monday, April 29Nepali News Portal

काङ्ग्रेसले डाक्यो संसदीय दलको बैठक

    मा प्रकाशित

काठमाडौँ, १ वैशाख ।
नेपाली काङ्ग्रेसले भोलि आइतबारका लागि संस्दीय दलको बैठक डोको छ । संसदीय दलको बैठक सोही दिन बिहान ८ः ०० बजे डाकिएको हो ।

सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरिसकेको छ भने भने अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

सरकारले संसद्को चालु अधिवेशन आइतबारदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा काङ्ग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।

काङ्ग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गरेपछि संसद अवरुद्ध हुँदै आएको छ ।

सत्ता गठबन्धन दलहरुले संसदको चालु अधिवेशन अन्त्य गरी विभिन्न विधेयक अध्यादेशबाट ल्याउने योजना बनाएको छ ।

काङ्ग्रेस संसदीय दल कार्यसमितिको बैठक पनि भोलि आइतबार बिहान ७ः३० बजे बस्ने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्