आजदेखि विद्यार्थी भर्ना अभियान सुरू – Kanika Khabar
Monday, April 29Nepali News Portal

आजदेखि विद्यार्थी भर्ना अभियान सुरू

    मा प्रकाशित

काठमाडौँ, २ वैशाख ।
आज वैशाख २ गते आइतबारदेखि नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान सुरु भएको छ । नयाँ शैक्षिक सत्र २०८१ का लागि आजदेखि विद्यार्थी भर्ना अभियान सुरू भएको हो ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।

विद्याथीृ भर्ना अभियान सुरू भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।

May be an image of text

त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक, कर्मचारी, अभिभावक र समाजका प्रबुद्ध वर्गहरूको सक्रिय सहभागितामा विद्यार्थी भर्नाको अभियान सञ्चालन गर्न सबै सरोकारवालाहरूलाई आह्वान गरेकी छन् । “विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दैछ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहहरू र समुदायको समेत सक्रिय सहभागिताले मात्रै नयाँ भर्ना र सामुदायिक शिक्षा सुधारको अभियान सफल हुन्छ । शिक्षक, कर्मचारी, अभिभावक र समाजका प्रबुद्ध वर्गहरूको सक्रिय सहभागितामा विद्यार्थी भर्नाको अभियान सञ्चालन गर्न सबै सरोकारवालाहरूलाई मन्त्रालय हार्दिक आह्वान गर्दछ” उनले भनेकी छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्