पर्वतमा सलहको झुण्ड प्रबेश गरि बालीनाली खान थाल्यो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पर्वतमा सलहको झुण्ड प्रबेश गरि बालीनाली खान थाल्यो

    मा प्रकाशित

कनिका संवाददाता
असार ३१, पर्वत
पर्वतमा सलहको झुण्ड प्रबेश गरि बालीनाली खान थालेको छ । कुश्मा नगरपालिका, फलेवास नगरपालिका र मोदी गाउँपालिकामा सलह प्रबेश गरेको हो । म्याग्दी र बागलुङ बाट हिजो साँझ लाखौँको संख्यामा आएको सलह किराले किसानको बालीनाली नष्ट गर्न थालेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कुश्मा नगरपालिका १० पिपलटारी र फलेवास ३ शंकरपोखरीमा सलहले स्थानीय शिव अधिकारी, शालिग्राम अधिकारी, रामु अधिकारी लगायतको कृषि फर्ममा पसेर बाली नोक्सान गरेको छ । किसानहरुले धपाउँदा धपाउँदै हैरान भएको बताएका छन् । मोदी गाउँपालिकाको देपपुर, राम्जा र आर्थरमा पनि बालीनाली खाएको स्थानीय भूमीराज शर्माले बताउनुभयो । दुई साता अगाडी आएको झुण्ड भन्दा यसपाली तेब्बर संख्यामा आएको शर्माले बताउनुभयो । कृषकहरुले थाल बजाउने, धुवा लगाउने, रुख हल्लाउने जस्ता बिधी अपनाएर धपाउने कोशिश गरिरहेका छन् । तर, एक ठाउँबाट धपाएको हुल अर्को ठाउँमा पुगेर नोक्सान गर्न थालेको छ । जिल्लामा सलहले कति बालीनाली नोक्सान गरायो भन्ने यकिन नभएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । ठुलो संख्यामा सलह जिल्लामा प्रबेश गरेको हुनाले किसानहरुलाई सचेत हुन कार्यालयले अनुरोध गरेको कार्यालय प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । तीनवटा स्थानीय तहमा मात्रै देखिएको यो किरा हावाको गति अनुसार उड्ने भएकाले यहिँ बस्छ कि उडेर अन्यत्र जान्छ भन्ने यकिन हुन नसकेको रेग्मीले बताउनुभएको छ । पर्वत सहित छिमेकी जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिका र स्याङजाको आँधिखोला गाउँपालिका सम्म सलहको हुल फैलिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्