ग्लोवल हबको चौथो शाखा घोराहीमा – Kanika Khabar
Monday, April 29Nepali News Portal

ग्लोवल हबको चौथो शाखा घोराहीमा

    मा प्रकाशित

घाेराही । ग्लोवल हब एजुकेशनल नेटवर्कको चौथो शाखा आइतबार घोराहीमा उद्घाटन सम्पन्न भएको छ ।
उच्च शिक्षाको लागि एउटा विश्वसनीय गन्तव्यको रुपमा स्थापित उक्त संस्थाको घोराही शाखाको उदघाटन ज्येष्ठ नागरिकद्वय गोविन्द आचार्य र खिम कान्त पोख्रेलले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा काठमाडौं शाखाका निर्देशक विष्णु पोख्रेलले नयाँ शाखाको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।

वर्षेनी सयौँ विद्यार्थी दाङबाट उच्च शिक्षाको लागि विदेश जाने गरेको तथ्य तर्फ औंल्याउँदै उहाँले राम्रो कन्सल्टेन्सी खोज्दै काठमाडौं जानुपर्ने बाध्यताबाट विद्यार्थीलाई राहत दिन इन्जिनियरिङ अध्ययन सकेका युवाहरुको अगुवाइमा घोराहीमा शाखा कार्यालय खोलिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी युवाहरुलाई विदेश पठाउने मात्र गरिरहेका छैनौं बरु निकट भविष्यमै पढ्दै कमाउँदै गरेका विद्यार्थीहरुको सहकार्यमा दाङमा राम्रो विद्यालय र उद्योग पनि सञ्चालन गर्ने तयारीमा छौं ।”
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्नुहुँदै शिक्षासेवी हरिप्रसाद पौडेलले भन्नुभयो, “बदलिँदो विश्वको आवश्यकता अनुसारको उच्च शिक्षा लिन विदेश जानु राम्रो भए पनि विदेशमा पलायन हुने प्रवृत्ति भने राम्रो होइन ।” उहाँले अब कन्सल्टेन्सीलाई विदेशमा राम्रो विश्वविद्यालयमा पढ्न पठाउने मात्र नभई अध्ययन पश्चात देश निर्माणमा हातेमालो गर्नसमेत प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

कार्यक्रममा २०० बढी विद्यार्थी र अभिभावकको उपस्थिति रहेको संस्थाका निर्देशक इन्जिनियर राहुल सुवेदीले बताउनुभयो ।
कार्यक्रमको सञ्चालन निर्देशक इन्जिनियर अभिषेक न्यौपानेले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्