नेकपा एस सरकारबाट बाहिरिने सङ्केत, सुपमा काङ्ग्रेस समर्थित सरकारमा एसकाे समर्थन – Kanika Khabar
Monday, April 29Nepali News Portal

नेकपा एस सरकारबाट बाहिरिने सङ्केत, सुपमा काङ्ग्रेस समर्थित सरकारमा एसकाे समर्थन

    मा प्रकाशित

काठमाडौं, ३ वैशाख ।
सुदूरपश्चिम प्रदेश सरकारमा सरकार गठनकाे प्रक्रियामा केन्द्रीय सरकार सत्ता साझेदारमा असहमति बढेपछि नेकपा एकीकृत समाजवादी सरकारबाट बाहिरिने सङ्केत देखिएछ ।

पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमति अनुसार गठबन्धनमा रहेका दलले पार्टीलाई जिम्मेवारी नदिएपछि जे पनि हुनसक्ने अवस्था भएको बताए हुन् । सत्ता गठबन्धनका क्रममा सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भए पनि अहिले आएर नेकपा एसलाई मुख्यमन्त्री नदिने निर्णय भएपछि नेकपा एस सरकारबाट बाहिरिने सम्भावना बढेकाे छ ।

‘हामीलाई दिएको जिम्मेवारी अनुसार सरकार अगाडि नबढेपछि साथीहरूले नयाँ बाटो रोजेका छन् । कुरा स्पष्ट छ । सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई दिने सहमति भएको थियो । त्यहाँबाट सरकार पछि हटेको छ । यस्तो भएपछि के सहयात्रा होला र ?’ उपाध्यक्ष पाण्डेले बताए ।

सत्ता गठबन्धनले सुदूरपश्चिममा आफ्नो भागमा परेको मुख्यमन्त्री नाउपालाई दिने भएपछि समाजवादी आफ्नो बाटो लागेको उनले स्पष्ट पारे ।

‘केन्द्रमा दुई वटा मन्त्री देऊ अनि हामी बाकी कुरामा चुप बस्छौँ भनेर हस्ताक्षर गरेको थियो र ? भाग अनुसार त पाउँनुपर्यो नि । सूदुरपच्चिममा कांग्रेससँग मिलेर नै सरकार बन्छ । अरू विकल्प छैन ।’ पाण्डेले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्