नेकपा एसले अवसरवादी चरित्र देखायाे : अध्यक्ष ओली – Kanika Khabar
Monday, April 29Nepali News Portal

नेकपा एसले अवसरवादी चरित्र देखायाे : अध्यक्ष ओली

    मा प्रकाशित

काठमाडौं, ३ वैशाख ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेको बताउँदै अध्यक्ष ओलीले नेकपा एसले अवसरवादी चरित्र देखाएको आराेप लगाएका हुन् ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादलाई नाङ्गो ढङ्गले प्रस्तुत गरेको आरोप लगाए । एकीकृत समाजवादीले यसअघि सुदूरपश्चिममा पहिलो कार्यकाल नागरिक उन्मुक्ति पार्टीलाई सरकारको नेतृत्व गर्न दिने सहमति जनाएको तर अहिले अवसरवादमा फसेर काङ्ग्रेससँग मिलेको ओलीले बताए ।

एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको र सुध्रने सङ्केत नदेखाएको एमाले अध्यक्ष ओलीले आरोप लगाए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्