पेट्रोलियम पदार्थको मूल्य बढ्याे – Kanika Khabar
Monday, April 29Nepali News Portal

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

    मा प्रकाशित

दाङ, ४ वैशाख ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राती १२ बजेदेखि लागू हुने गरी निगमले मूल्य बढाएको हो ।

भारतबाट मूल्य बढेर आएपछि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।

मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १ सय ७२ रुपैयाँ ५० पैसाबाट १ सय ७५ रुपैयाँ ५० पैसा पुगेको छ ।

यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १ सय ७४ रुपैयाँ ५० पैसाबाट १ सय ७७ रुपैयाँ कायम भएको छ ।

यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँबाट १ सय ७८ रुपैयाँ पुगेको छ ।

यसैगरी डिजेल र मट्टीतेल एक लिटरको मूल्य क्रमशः १ सय ५८, १ सय ६० र १ सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्