रबर्दिया, ४ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रवि लामिछानेकाे राजीनामा माग गरेकाे छ । राप्रपा नेता तथा बर्दिया जिल्लाका अध्यक्ष ठाकुरप्रसाद डाँगीलाई सहिद घाेषणा माग गर्दै आज मङ्गलबार बर्दियामा शब र्यालीमा नेता डाँगीलाई सहिद घाेषणा गर्न तथा गृहमन्त्री लामिछानेको राजीनामा माग गरी दवाव दिइएको हाे ।
बर्दियामा शव र्यालीमा अध्यक्ष डाँगीलाई सहिद घाेषणा तथा गृहमन्त्री लामिछानेकाे राजीनामा माग गरिएको थियाे ।
डाँगी काठमाडौंमा राप्रपाकाे बृहत् प्रदर्शनमा प्रहरीले प्रहार गरेकाे अश्रुग्यासबाट घाइते भएका थिए । उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।