सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीकाे काेर्स चेन्ज – Kanika Khabar
Saturday, July 12Nepali News Portal

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीकाे काेर्स चेन्ज

    मा प्रकाशित

धनगढी, ४ वैशाख ।
सुदूरपश्चिम प्रदेश सरकारकाे मुख्यमन्त्री नियुक्तिकाे काेर्स चेन्ज भएकाे छ । नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीका लागि दिएकाे समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री नियुक्तिको काेर्स चेन्ज भएकाे हाे ।

एकीकृत समाजवादीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले मङ्गलबार प्रदेश प्रमुख नजिर मियाँलाई पत्र बुझाउँदै चौधरीलाई मुख्यमन्त्रीका लागि दिएकाे समर्थन फिर्ता लिएकाे जानकारी गराएका हुन्।

केन्द्रको सत्ता समीकरणमा रहेका दलहरुले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने सङ्केत गरेपछि नेकपा एसले यसअघि चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो।

मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भएको छलफलअनुसार घटनाक्रम अगाडि बढेको बुझिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्