राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : एक हजार बढी ज्येष्ठ नागरिकले लिए नि:शुल्क उपचार सेवा, १३ लाख बढी खर्च – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : एक हजार बढी ज्येष्ठ नागरिकले लिए नि:शुल्क उपचार सेवा, १३ लाख बढी खर्च

    मा प्रकाशित

दाङ, ५ वैशाख ।
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वितेको ८ महिनामा एक हजार बढी ज्येष्ठ नागरिकले नि:शुल्क सेवा लिएका छन् ।

प्रतिष्ठानका निमित्त अस्पताल का.मु. अस्पताल निर्देशक डा. रमेश कँडेलले गएको साउनदेखि फागुनसम्म १ हजार ८७ जना ज्येष्ठ नागरिक विरामीहरुले नि:शुल्क स्वास्थ्य सेवा प्राप्त गरेको जानकारी दिएका हुन् ।

सेवा लिनेमा महिलातर्फ ६ सय ६२ जना र पुरुषतर्फ ४ सय २५ ज्येष्ठ नागरिक रहेका छन् । ज्येष्ठ नागरिकको उपचारको लागि १३ लाख २९ हजार ९ सय ७८ रुपैँया खर्च भएको छ । रगत, एक्सरे सहित रोगको डाइग्नोसिस गर्न निश्चित उपचारमा सत प्रतिशत ज्येष्ठ नागरिकलाई छुट दिने पनि गरिएको छ ।

ज्येष्ठ नागरिकहरुको उपचारको सहजताका लागि धेरै सुधारको काम भइरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए । प्रतिष्ठानमा टोकन प्रणालीदेखि ज्येष्ठ नागरिकमैत्री हुने गरी उपचार सेवा प्रभावकारी बनाइएको पनि उपकुलपति लामिछानेले बताए ।
उपचार पाउने ज्येष्ठ नागरिकहरुमा नयाँ ५ सय ६५ र पुरानो फलोअप ५ सय २२ जना रहेको कामु निर्देशक कँडेलले जानकारी दिए ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार साउनमा ९५ जना महिला र ४० जना पुरुष गरेर १ सय ३५ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । जसमा नयाँ ५० जना र पुराना ८५ जना ज्येष्ठ नागरिकको उपचारका लागि १ लाख ३९ हजार १ सय ६० रुपैँया खर्च भएको छ । त्यस्तै भदौमा महीला ९० र पुरुष ४० जना गरेर १ सय ३० जना ज्येष्ठ नागरिकले नि:शुल्क सेवा लिएका छन् । नयाँ ५० जना र पुराना फ्लोअप ८० जना ज्येष्ठ नागरिकको उपचारको लागि १ लाख ५० हजार ४ सय ४८ रुपैँयाँ खर्च भएको छ । त्यसैगरेर असोज महिनामा महउला ६४ र पुरुष ७९ जना गरेर १ सय ४३ जनाले उपचार पाएका छन् । जसमा नयाँ ९७ जना र पुरानो ४६ जनाको उपचारको लागि १ लाख ८५ हजार २ सय ५० रुपैँया खर्च भएको छ, भने कार्तिक महिनामा महिला ५४ जना र पुरुष ३९ जना गरेर ९३ जना ज्येष्ठ नागरिकको उपचार गरिएको छ । नयाँ ६१ जना र पुराना ३२ जनाको उपचारको लागि १ लाख १२ हजार ४ सय रुपैँया खर्च भएको छ । मङ्सिर महिनामा महउला ७५ जना र पुरुष ४५ जना गरेर १ सय २० जनाले सेवा पाएका छन् । जसमा नयाँ ६५ जना र पुरानो ५५ जनाको उपचारको लागि १ लाख ५२ हजार ६ सय रुपैँया खर्च भएको छ । यस्तै पौष महिनामा महिला ७९ जना र पुरुष ६१ जना गरेर १ सय ४० जना ज्येष्ठ नागरिकहरुको प्रतिष्ठानमा उपचार भएको छ । जसमा नयाँ ९७ जना र पुराना ४३ जनाको उपचारका लागि १ लाख ९६ हजार २ सय १० रुपैँया खर्च भएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए ।
प्रतिष्ठानका अनुसार माघ महिनामा महिला ८२ जना र पुरुष ६६ जना गरेर १ सय ४८ जना ज्येष्ठ नागरिकले उपचार प्राप्त गरेका छन् । जसमध्ये नयाँ ६५ जना र पुराना ८३ जनाको उपचारको लागि १ लाख ८३ हजार ४ सय ६० रुपैँया खर्च भएको छ । त्यसैगरेर फागुनमा महिला ७० जना र पुरुष १ सय ८ जना गरेर १ सय ७८ जनाले सेवा पाएका छन् । नयाँ ८० जना र पुरानो ९८ जनाको उपचारको लागि २ लाख १० हजार ४ सय ५० रुपैँया खर्च भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानले न्युन बजेटमा पनि धेरै धेरै सङ्ख्यामा जेष्ठ नागरिकहरुको नि:शुल्क उपचार गरिरहेको बताए ।

सरकारले केन्द्रवाट पठाइदिने बजेटले मात्र उपचार खर्च नधान्ने कारण प्रतिष्ठानले आफ्नो तर्फवाट पनि खर्च गरेर ज्येष्ठ नागरिकलाई उपचार सेवा दिएको भन्दै छुट्याइएको बजेट भन्दा पनि धेरै खर्च शोध भर्नाका लागि मन्त्रालयसँग अनुरोध गर्ने बताए । ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सको व्यवस्था गरेर प्रतिष्ठानले सो सेवालाई प्रभावकारी बनाउँदै लगेको छ । प्रतिष्ठानले ओ.पी.डी. सहित १२ वेडको ज्येष्ठ नागरिक वार्ड पनि सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक लम्सालले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्