सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते – Kanika Khabar
Saturday, June 14Nepali News Portal

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

    मा प्रकाशित

सल्यान, ५ वैशाख ।

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्लाकाे बागचौर नगरपालिका ठिनबाङ खोला पुलमा बस दुर्घटना भएको हो ।

दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस आज दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइतेहरूको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्